close

एटीएम मसिन तोडफोडको आरोपमा तीन जना पक्राउ

टेकपाना टेकपाना

कात्तिक १६, २०७९ १४:३१

एटीएम मसिन तोडफोडको आरोपमा तीन जना पक्राउ

काठमाडौं । एटीएम मसिन तोडफोड गरी चोरीको प्रयास गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-३ घर भई ललितपुर ग्वार्को बस्ने ३१ वर्षीय वसन्त तिवारी, ललितपुर महानगरपालिका-६ सुन्धारा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरी धरान उपमहानगरपालिका-१५ भानुचोक घर भई काठमाडौं महानगरपालिका-६ सुन्धारामा बस्ने ३५ वर्षीय अनिल राई रहेका छन् ।

उनीहरूमाथि गत कात्तिक ४ गते ललितपुर महानगरपालिका-५ कुमारीपाटीमा रहेको एनएमबी बैंकको एटीएम मसिन तोडफोड गरेको आरोप छ । यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०७९ १४:३१