close

विश्वकप फुटबलमा सीजी नेटको अफर, साढे १५ हजारमै स्मार्ट टिभी र इन्टरनेट

टेकपाना टेकपाना

कात्तिक १७, २०७९ ११:४८

विश्वकप फुटबलमा सीजी नेटको अफर, साढे १५ हजारमै स्मार्ट टिभी र इन्टरनेट

काठमाडौं । इन्टरनेट तथा आईपी टिभी सेवा प्रदायक सीजीनेटले सीजी डिजिटलसँगकाे सहकार्यमा नयाँ अफर ल्याएको छ । नजिकिँदै गरेको विश्वकप फुटबलको उपलक्ष्यमा कम्पनीले 'फुटबल टु दी हाेम' अर्थात् सीजी एफटीटीएच अफर ल्याएको हो । यसअन्तर्गत सस्ताे मूल्यमा स्मार्ट टिभी र इन्टरनेट सेवा दिइने कम्पनीले जनाएकाे छ ।

कम्पनीले इन्टरनेटका विभिन्न तीन ओटा प्याकेज ल्याएको छ । 'स्प्रिन्टर प्लस प्याकेज' अन्तर्गत ग्राहकले १३० एमबीपीएस गतिको इन्टरनेट पाउनेछन् । यो प्याकेज वार्षिक रुपमा खरिद गर्दा नाै हजार ५८८ रुपैयाँ पर्छ, जसकाे मासिक दर ७९९ रूपैयाँ हुन आउँछ । त्यस्तै एक महिनाका लागि मात्रै प्याकेज खरिद गर्दा ९४० रुपैयाँ र तीन महिनाका लागि खरिद गर्दा दुई हजार ६८५ रुपैयाँ शुल्क तोकिएको छ ।

कम्पनीले ल्याएको 'पपुलर प्रो प्याकेज' मा २५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्न सकिनेछ । यो प्याकेज वार्षिक रुपमा लिने ग्राहकले १२ हजार ५९२ रुपैयाँ तिर्नुपर्ने छ, जसकाे मासिक दर एक हजार ९९ रूपैयाँ हुन आउँछ । त्यस्तै तीन महिना र एक महिनाको प्याकेज लिने ग्राहकले क्रमशः तीन हजार ५६४ र एक हजार २६० रुपैयाँ तिर्नुपर्ने छ ।

कम्पनीले 'रकस्टार म्याक्स' नामको ३५० गतिको अर्काे इन्टरनेट प्याकेज ल्याएको छ । यो प्याकेज १५ हजार ५९३ रुपैयाँमा एक वर्षका लागि खरिद गर्न सकिन्छ, जसकाे मासिक दर १२ सय ९९ रूपैयाँ हुन आउँछ । तीन महिना र एक महिनाको प्याकेजको शुल्क क्रमशः चार हजार २१९ रुपैयाँ र एक हजार ६०९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै तीन महिना वा एक वर्षको कुनै पनि इन्टरनेट प्याकेज लिने ग्राहकले मासिक १०० रुपैयाँ (करबाहेक) मा आईपीटिभी सेवा लिन सक्नेछन् । 

यसैबीच, चाडपर्वको मौसम सकिएपछि पनि सीजीनेटले सीजी डिजिटलसँगको सहकार्यमा ग्राहकहरूलाई पुनः सीजी एफटीटीएच अफर प्रदान गर्ने जनाएको छ । यसअन्तर्गत ग्राहकले १५ हजार ४९९ रूपैयाँ ३२ इन्चको सीजी स्मार्ट टिभी र २५ हजार ९९९ रूपैयाँमा ४३ इन्चको सीजी स्मार्ट टिभी प्राप्त गर्न सक्नेछन् ।

टिभी खरिदसँगै ग्राहकले स्वचालित रूपमा तीन महिनाको इन्टरनेट ट्रायल प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । साथै, पहिल्यै सीजीनेटको इन्टरनेट लिएका ग्राहकले १५ हजार रूपैयाँमा ३२ इन्चको सीजी स्मार्ट टिभी र र २५ हजार रूपैयाँमा ४३ इन्चको सीजी स्मार्ट टिभी प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै कम्पनीले ३० एमबीपीएसदेखि ३०० एमबीपीएससम्मका पाँच नयाँ एसएमई (साना तथा मझाैला व्यवसायी) प्याकेजहरू प्रस्तुत गरेको छ, जसमा ग्राहकले कुनै एफयूपी बिना स्थिर गतिमा इन्टरनेट ब्राउज गर्नसक्ने जनाइएकाे छ । यसअन्तर्गत ग्राहकले सब्सक्राइब गरेको इन्टरनेटभन्दा तीन गुणा धेरै गति पाउने र तार र जडान सेवाकाे कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०७९ १२:४४