close

रवि लामिछानेकाे पार्टीकाे घाेषणा, नेपालमा क्रिप्टो माइनिङलाई वैधानिकता

टेकपाना टेकपाना

कात्तिक १७, २०७९ १४:२०

रवि लामिछानेकाे पार्टीकाे घाेषणा, नेपालमा क्रिप्टो माइनिङलाई वैधानिकता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालमा क्रिप्टो माइनिङलाई वैधानिकता दिने घाेषणा गरेकाे छ । बिहीबार 'चुनावी वाचा-पत्र' सार्वजनिक गर्दै पार्टीले हाल नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीलाई वैधानिकता दिनेगरी क्रिप्टाे माइनिङलाई वैधानिकता दिने घाेषणा गरेकाे हाे ।

‘देशभित्र र नेपाली नागरिकले खरिद गर्न नपाउने गरी डिजिटल मुद्रा माइनिङलाई वैधानिकता दिइनेछ,’ घाेषणापत्रमा भनिएको छ ।

यसको अर्थ नेपाली नागरिकले क्रिप्टो कारोबार गर्न भने पाउने छैनन् । तर, कसैले यहाँ माइनिङ गर्न चाहेको खण्डमा भने त्यसका लागि वैधानिकता प्रदान गरिने जनाइएको छ ।

यसका साथै पार्टीले बैंकिङ कारोबारमा गतिविधि कारोबारमा प्रयोग हुने भौतिक तथा डिजिटल साधन (एप तथा वेब)हरुको डेटा सुरक्षित गर्न कडा र स्पष्ट डिजिटल सुरक्षा प्रावधानसहितको कानून बनाइने घोषणापत्रमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०७९ १४:२८