close

“एक हजार रुपैयाँ माथिका सरकारी भुक्तानी अनलाइनबाट मात्रै”

टेकपाना टेकपाना

कात्तिक १७, २०७९ १८:३१

“एक हजार रुपैयाँ माथिका सरकारी भुक्तानी अनलाइनबाट मात्रै”

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । 'वाचा-पत्र' नाम दिँदै पार्टीले ल्याएको यो घोषणापत्रमा सूचना प्रविधिका केही विषय समावेश गरिएको छ ।

यसअन्तर्गत भौतिक डिजिटल पूर्वाधारका लागि उच्च गतिको इन्टरनेट पहुँच, नेपालमा होस्ट हुने सुरक्षित डेटा सेन्टर र नेपालको आफ्नै स्याटलाइट स्थापना गर्ने योजना पार्टीले ल्याएको छ ।

''जन्मदर्ता, नागरिकता, लाइसेन्स, भोटर कार्डजस्ता अनेकौँ कागजात बोक्नुपर्ने बाध्यतालाई समाप्त गर्न र सहजताका लागि जन्मदेखि मृत्युसम्म सबै सरकारी तथा निजी सेवा प्रदान गर्न कागजरहित राष्ट्रिय परिचयपत्र लागू गरिनेछ,'' घोषणापत्रमा उल्लेख छ । 

त्यस्तै आउँदो दुई वर्षभित्र एक हजार रूपैयाँभन्दा बढी शुल्क भएका सरकारी सेवाको भुक्तानी अनलाइनबाट मात्रै गर्ने याेजना ल्याइएकाे छ ।

त्यस्तै इन्टरअपरेबल डिजिटल भुक्तानी प्रणालीको स्थापना र सञ्चालन गर्ने योजना पनि रास्वपाले ल्याएको छ । यसैगरी अपराध र अपराधी पहिचान गर्ने आधुनिक डिजिटल संयन्त्र प्रणालीको स्थापना गर्ने घाेषणा  गरिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०७९ १८:३६