close

फुटबल विश्वकपमा भायाटिभीको अफर, हिमस्टार टिभी खरिदमा ५१ प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

कात्तिक २०, २०७९ ११:५०

फुटबल विश्वकपमा भायाटिभीको अफर, हिमस्टार टिभी खरिदमा ५१ प्रतिशतसम्म छुट

काठमाडौं । अबको दुई हप्ता पश्चात फिफा विश्वकप-२०२२ सुरु हुँदैछ । फुटबलको महाकुम्भका रुपमा लिइएको विश्वकपलाई लक्षित गर्दै इन्टरनेट सेवा प्रदायक कम्पनी भायाटिभीले आफ्ना ग्राहकका लागि नयाँ अफर ल्याएको छ ।

यस अफर अन्तर्गत भायाटिभीका ग्राहकले मात्र ५ सय रुपैयाँमा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्न पाउनेछन् । साथै ३२ इन्च देखि ४३ इन्चसम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै भायाटिभीका विद्यमान ग्राहकहरूले पनि ५०० मा नै सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा प्रत्यक्ष हेर्न सक्नेछन् । यद्यपि यो अफर सेट-टप-बक्स प्रयोगकर्ताहरूको लागि मात्र मान्य हुनेछ । यसबाहेक भायाटिभीको “ब्रिङ् होम द गेम” अफर अन्तर्गत ग्राहकहरूले एक सय ५० रुपैयाँ प्रति महिना भायाटिभी र ९ सय ९९ प्रति महिनामा २०० एमबीपीएस भायानेट अल्ट्रा-फाई इन्टरनेट पनि पाउने छन् ।

वार्षिक सदस्यता लिने वा नवीकरण गर्ने दुवै ग्राहकले यो प्याकेजमा नयाँ हिमस्टार टिभीमा ५१ प्रतिशतसम्म छुट पाउने जनाइएको छ । यो छुटपछि ग्राहकले ३२ इन्चको हिमस्टार एलइडी टिभी १२ हजार १२३ सम्ममा र ४३ इन्चको स्मार्ट टिभी २४ हजार ३३५ रुपैयाँसम्ममा खरिद गर्न सक्नेछन् ।

यसका साथै भायाटिभीको आईएसपि पार्टनर भायानेट कम्युनिकेसनले पहिलो पटक इन्स्टलेसन गर्दा डुअल ब्यान्ड ओएनयु र सेट-टप-बक्समा छुट उपलब्ध गराउनुका साथै विशेष छुटमा एमआई राउटर वा नोकिया मेस बिकन १।१ राउटर मध्ये एउटा एक्स्ट्रा राउटर पनि लिन सक्ने विकल्प दिएको छ।  

 

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०७९ १२:५२