close

दुई लाख पुगे डिशहोमका इन्टरनेट प्रयोगकर्ता

टेकपाना टेकपाना

कात्तिक २०, २०७९ १५:१७

दुई लाख पुगे डिशहोमका इन्टरनेट प्रयोगकर्ता

काठमाडौं । डीटीएच तथा फाइबर इन्टरनेट सेवाप्रदायक डिशहोमका इन्टरनेट प्रयोगकर्ता दुई लाख पुगेका छन् । कम्पनीले करिब तीन वर्षअघि मात्रै नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति लिई सेवा सुरु गरेको थियो ।

सेवा सुरु गरेको तीन वर्षकै अवधिमा कम्पनीले यो उपलब्धि हासिल गर्न सफल भएको डिशहोम फाइबरनेटका मार्केटिङ उपमहाप्रबन्धक सञ्जय राजभण्डारीले जानकारी दिएका छन् ।​

डिशहोमले पछिल्लो समय आक्रामक रुपमा बजार विस्तार गर्दै आएको छ । यही क्रममा हाल डिशहोम फाइबरनेट देशका सातै प्रदेशमा उपलब्ध भइसकेको छ । कम्पनीले इन्टरनेट विस्तारसँगै बिक्रीपछिको सेवामा समेत ध्यान दिँदै आएको छ ।

कम्पनीले हाल फाइबरनेट अन्तर्गत सिक्सजी राउटर सहित ५०, १००, ३०० र ६०० एमबीपीएसको प्याकेज पनि उपलब्ध गराएको छ । साना प्याकेज आवश्यक पर्ने ग्राहकका लागि पनि सोही अनुरूप सेवा उपलब्ध गराउँदै आएको छ ।
 

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०७९ १५:१९