close

राम्रो सोसल मिडिया इन्फ्लुएन्सर कसरी बन्ने ? पराक्रम राणाका ५ टिप्स

टेकपाना टेकपाना

कात्तिक २१, २०७९ १९:१

राम्रो सोसल मिडिया इन्फ्लुएन्सर कसरी बन्ने ? पराक्रम राणाका ५ टिप्स

काठमाडौं । सामाजिक सञ्जालमा नेपाली युवा पुस्तामाझ परिचित नाम हो, ‘परा’ । परा अर्थात् पराक्रम एसजेबी राणा । उनी साेसल मिडिया इन्फ्लुएन्सरका रूपमा चिनिन्छन् । कुनै कुरामा अन्य व्यक्तिलाई प्रेरित गर्नसक्ने गुण इन्फ्लुएन्सरमा हुन्छ ।

पराक्रमको इन्स्टाग्राम अकाउन्टमा करिब ७२ हजार फलोअर छन् भने टिकटकमा एक लाख बढी फलाेअर छन् । सामाजिक सञ्जालमा विभिन्न कम्पनी, संस्था लगायत उत्पादनको प्रचार गरेर उनी आफ्नो जीवनयापन गरिरहेका छन् । यसै सन्दर्भमा राम्रो इन्फ्लुएन्सर बन्न चाहनेहरूका लागि पराक्रमले केही टिप्स शेयर गरेका छन्:

१. गुणस्तरीय सामग्री 

सामाजिक सञ्जालको कुनै पनि प्लेटफर्ममा फलोअर बढाउन मुख्य आवश्यक हुने कुरा भनेको गुणस्तरीय सामग्री हो । समाजलाई राम्रो प्रभाव पार्नसक्ने हिसाबले गुणस्तरीय सामग्री तयार गर्न सक्नुपर्छ ।

एउटा राम्रो इन्फ्लुएन्सरले आफ्ना अडियन्सलाई गुणस्तरीय सामग्री दिन सक्नुपर्छ । यसका साथै आफ्नो सामाजिक सञ्जालमा पोस्ट हुने सामग्रीहरू सान्दर्भिक पनि हुनुपर्छ । अहिले चलिरहेको सन्दर्भ के छ, मानिसहरूको आकर्षण के छ, कस्तो समाज तथा परिस्थिति छ, त्यही हिसाबले सामग्री तयार गर्नुपर्छ ।  

 

२. लक्षित अडियन्स हुनुपर्छ 

एउटा राम्रो इन्फ्लुएन्सरले आफ्नो लक्षित अडियन्स (ग्राहक वा प्रयाेगकर्ता) बुझ्नुपर्छ । लक्षित अडियन्स बुझेपछि मात्र राम्रो सामग्री तयार गर्न सकिन्छ ।

यसैले राम्रो इन्फ्लुएन्सरको बन्न आफ्नो अडियन्सको चाहना अनुसार सामग्री तयार गर्नुपर्छ । 

३. बजार अध्ययन 

इन्फ्लुएन्सरले बजारमा के चलिरहेको छ र मानिसहरू के हेर्न चाहन्छन् भन्ने कुरा बुझ्नुपर्छ । यसका साथै अन्य इन्फ्लुएन्सरहरूले कस्तो सामग्री तयार पारिहेका छन्, उनीहरूले कस्तो सामग्री तयार गर्दा कस्ता चुनौती भोगिरहेका छन् लगायतका पक्षकाे पनि अध्ययन गर्नुपर्छ ।

जति धेरै अध्ययन गर्‍यो, त्यति नै राम्रो सामग्री तयार गर्न सकिन्छ । राम्रो इन्फ्लुएन्सर बन्नका लागि बजार अध्ययन मूल मन्त्र हो । 

४. निरन्तरता 

आफूले कुनै पनि काम गर्दा त्यसलाई लामो समयसम्म निरन्तरता दिइरहन सक्यो भने त्यसले परिणाम पनि राम्रै दिन्छ । सामाजिक सञ्जालमा निरन्तर उपस्थित भइरहँदा बढी प्रभावकारी हुन्छ ।

सकेसम्म सामग्री पनि निरन्तर रुपमा पोस्ट गरिरहनुपर्छ ।   

  ५. समाजप्रति उत्तरदायी हुनुपर्छ 

राम्रो इन्फ्लुएन्सर सधैं समाजप्रति उत्तरदायी हुन्छ । कस्तो सामग्री राख्दा अथवा कस्तो विषयमा के बोल्दा ठीक हुन्छ भन्ने हिसाबले समाजप्रति उत्तरदायी हुनुपर्छ । समाजमा दिनहुँ भइरहने विषयहरूमा के बोल्ने, नबोल्ने लगायतका कुरामा पनि ध्यान दिन आवश्यक छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २१, २०७९ १९:१