close

मेटाले हटाएको ९ दिनपछि फिर्ता भयो 'एमआरआर' ग्रुप

टेकपाना टेकपाना

कात्तिक २२, २०७९ ७:५४

मेटाले हटाएको ९ दिनपछि फिर्ता भयो 'एमआरआर' ग्रुप

काठमाडौं । कम्पनीको कम्युनिटी गाइडलाइन्स उल्लङ्घन भएको भन्दै मेटाले हटाएको चर्चित ग्रुप  मेन्स रुम रिलोडेड (एमआरआर) फिर्ता भएको छ । नेपाली युवा पुस्तामाझ लोकप्रिय फेसबुक ग्रुप 'एमआरआर' मेटाले गत कात्तिक १३ गते हटाएको थियो । उक्त ग्रुप आज बिहान देखि पुन: देखिएको छ । 
एमआरआरले आफ्नो पेज मार्फत ग्रुप फिर्ता भएको जानकारी दिएको हो । ग्रुप अन्य धेरै सुधार सहित फिर्ता भएको पनि एमआरआरले उल्लेख गरेको छ । नेपाल नजिकिदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको बेला सामाजिक सञ्जालबाट हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न निर्वाचन आयोगले सामाजिक सञ्जालका विभिन्न कम्पनीहरूसँग सहकार्य गरिरहेको छ । 
यही अभियानमा मेटाले 'कम्युनिटी गाइडलाइन्स' अत्यधिक उलङ्घन हुनुका साथै त्यसले निर्वाचनलाई प्रभाव पार्नसक्ने भन्दै फेसबुक पोस्ट र कमेन्टहरूमा निगरानी बढाएको छ । यसैबिच एमआरआर ग्रुपलाई मेटाले हटाएको थियो । यद्यपि ग्रुपले आफ्नो फेसबुक पेज मार्फत निर्वाचन सम्बन्धी सामग्रीको कारण नभइ अन्य कारणले नै ग्रुप हटाइएको उल्लेख गरेको थियो । ग्रुप हटाइनुको पछाडी के कारण थियो भन्ने विषयमा मेटाले केही उल्लेख नगरेको एमआरआरको भनाई छ ।  

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०७९ ८:७