close

ह्वावेको स्मार्ट ब्यान्ड र इयरबड्स नेपाली बजारमा, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

कात्तिक २३, २०७९ ८:२

ह्वावेको स्मार्ट ब्यान्ड र इयरबड्स नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । नेपाली बजारमा ह्वावेको नयाँ इयरबड र स्मार्ट ब्यान्ड सार्वजनिक भएको छ । नेपालका लागि ह्वावेको आधिकारिक बिक्रेता कल मोबिलिटी प्रालिले ‘ह्वावे फ्रिबड्स एसई’ र ‘ह्वावे ब्यान्ड सेभेन’ सार्वजनिक गरेको हो । 

हल इफेक्ट सेन्सर र इन्फ्रारेड सेन्सर समावेश भएको यो प्रति इयरबड्सको ब्याट्री क्षमता ३७ एमएएच रहेको छ भने ४१० एमएएचको चार्जिङ केस रहेको छ । चार्जिङ केस इयरबड फूल चार्ज गर्न २ घण्टा लाग्नेछ भने चार्जिङ केसभित्र एयरबड्स चार्ज गर्न डेढ घण्टा लाग्ने कम्पनीको भनाई छ ।

यो इयरबडमा कल नोइज क्यान्सिलेसन फिचर पनि उपलब्ध गराइएको छ । नेपाली बजारमा यो इयरबडको मूल्य ६ हजार ९९० रूपैयाँ तोकिएको छ ।

त्यस्तै ह्वावेले नेपाली बजारमा ल्याएको अर्को डिभाइस हो ह्वावे ब्यान्ड सेभेन । १.४७ इन्च एमोलेड स्क्रिन भएको यस ब्यान्डमा १९४*३६८ पिक्सेलको डिस्प्ले रहेको छ । यस ब्यान्डमा एक्सेलेरोमिटर सेन्सर, गाइरोस्कोप सेन्सर, अप्टिकल हर्ट रेट सेन्सर जस्ता फिचरहरू सामवेश गरिएको छ ।

एन्ड्रोइड ६.० र त्यसपछिका भर्सनमा सपोर्ट हुने यो ब्यान्ड आईओएसमा भने आईओएस ९.० भर्सनभन्दा पछिको अपडेट भएको डिभाइसमा मात्र सपोर्ट गर्ने कम्पनीले जनाएको छ । एक पटकको फूल चार्जमा यो स्मार्ट ब्यान्ड १४ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । 

यो ह्वावे ब्यान्ड सेभेन विभिन्न किसिमका वाच केस र वाच स्ट्राप (फिता) मा उपलब्ध हुने कम्पनीको भनाइ छ । कम्पनीले यस ब्यान्डको मूल्य सात हजार ९९० रूपैयाँ कायम गरेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०७९ ८:५६