close

विज्ञान प्रविधि विषयका विद्यार्थीलाई अनुसन्धानमा सहयोग गर्दै राष्ट्रिय युवा परिषद्

टेकपाना टेकपाना

कात्तिक २३, २०७९ ९:३९

विज्ञान प्रविधि विषयका विद्यार्थीलाई अनुसन्धानमा सहयोग गर्दै राष्ट्रिय युवा परिषद्

काठमाडौं । विज्ञान तथा प्रविधि विषय अध्ययनरत विद्यार्थीहरूका लागि राष्ट्रिय युवा परिषद्ले अनुसन्धानमा सहयोग गर्ने घोषणा गरेको छ । चालू आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार 'युवाका लागि विज्ञान तथा प्रविधि प्रवर्द्धन कार्यक्रम' अन्तर्गत परिषदले सहयोगको उपलब्ध गराउने भएको हो । 

यो कार्यक्रममा विज्ञान तथा प्रविधि विषयका विद्यार्थीले मात्र आवेदन दिन सक्नेछन् । परिषद्का अनुसार विज्ञान तथा प्रविधि विषयमा स्नातकोत्तर दोस्रो, तेस्रो र चौथौं सेमेष्टरमा अध्ययनरत नियमित विद्यार्थीले अनुसन्धान अनुदानका लागि आवेदन दिन सक्नेछन् । आवेदनका लागि परिषद्ले गुगल फर्म अनिवार्य रुपमा भर्नुपर्ने जनाएको छ । (गुगल फर्म भर्न यहाँ क्लिक गर्नुहोस्)

यो अनुदान २० जना अनुसन्धानकर्ता विद्यार्थीलाई मात्र उपलब्ध गराइनेछ । छनौटमा परेका २० जना अनुसन्धानकर्ताले आफ्नो विषयमा अनुसन्धानका लागि जनही ४० हजार रूपैयाँ अनुदान प्राप्त गर्नेछन् । 

 

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०७९ ९:३९