close

सहरका अव्यवस्थित तार हटाउने अभियान सुरु

टेकपाना टेकपाना

कात्तिक २६, २०७९ ११:४३

सहरका अव्यवस्थित तार हटाउने अभियान सुरु

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले आजदेखि पुनः सहरका अव्यवस्थित तार व्यवस्थान गर्न सुरु गरेको छ । आईस्पानले सिंहदरबार वरपरका क्षेत्रबाट तार व्यवस्थापनको काम थालनी गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरण, काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरी कार्यालय (काठमाडौँ उपत्यका), नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम र सम्बन्धित इन्टरनेट सेवा प्रदायकहरूको सहकार्यमा बिहान ८ बजेदेख तार व्यवस्थापन कार्य सुरु भएको आईस्पानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास खड्काले जानकारी दिए ।

''अतिआवश्यक इन्टरनेट सेवा प्रवाह गर्न प्रयोग भएका तारहरुलाई प्राथमिकताका आधारमा व्यवस्थित गरी सहर सौन्दर्यता र जोखिम न्यूनीकरणलाई ध्यानमा राखेर आईस्पानले देशका विभिन्न ठाउँमा अल्पकालीन समाधानबाट तार व्यवस्थापन गर्दै आएको छ,'' उनले भने, ''हाल पुतलीसडक, न्यु प्लाजा हुँदै बग्गीखाना क्षेत्रका तारको व्यवस्थापनकाे काम सम्पन्न भएकाे छ ।'

साथै तार व्यवस्थापन कार्यले इन्टरनेट सेवामा कुनै असर नपुगेको समेत उनले जनाए ।

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०७९ ११:४३