close

टिकटकमा अनावश्यक मान्छेको लाइक आयो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

कात्तिक २८, २०७९ ८:११

टिकटकमा अनावश्यक मान्छेको लाइक आयो ? यसो गर्नुहोस्

काठमाडौं । डिफल्ट रूपमा टिकटक अकाउन्ट पब्लिक हुन्छन् । यसको अर्थ तपाईँले टिकटकमा राख्नु भएको सामग्री वा तपाईँको प्रोफाइल जोकोहीले पनि हेर्न सक्छन् । 

यसरी अकाउन्ट पब्लिक हुँदा तपाईँले आपलोड गरेका भिडिओमा जोकोहीले डुएट, स्टिच गर्न पाउँछन् वा तपाईंको भिडिओ जसले पनि डाउनलोड गर्न पाउँछन् । केही प्रयोगकर्तालाई यसले यही फरक पार्दैन भने केहीलाई भने यस्तो मन नपर्न पनि सक्छ । यदि तपाईँले आफ्नो अकाउन्ट प्राइभेट बनाउनु भएको छ भने अप्रुभ भएका बाहेक अन्य अकाउन्टले तपाईँको प्रोफाइल वा भिडिओ हेर्न पाउँदैनन् ।

यसरी अकाउन्ट प्राइभेट बनाउँदा तपाईँ आफूले चिनेका साथीहरूमाझ मात्र भिडिओ कन्टेन्ट शेयर गर्न सक्नुहुन्छ । टिकटक अकाउन्ट प्राइभेट बनाउन तलको प्रक्रिया अपनाउनुहोस् ।

- सबैभन्दा पहिले टिकटक एप खोल्नुहोस् । 

- एप खोलिसके पछि तल दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा जानुहोस् ।

 

- अनि माथि दायाँपट्टि रहेको तीन ओटा लाइनमा ट्याप गर्नुहोस् ।

- त्यसपछि सेटिङ एन्ड प्राइभेसीको अप्सन छानुहोस् ।

सेटिङ एन्ड प्राइभेसीमा गइसकेपछि प्राइभेसी (Privacy) मा जानुहोस् ।

- यति गरेपछि त्यहाँ प्राइभेट अकाउन्टको अप्सन अन गर्नुहोस् । 

- यसरी आफ्नो टिकटक अकाउन्टलाई प्राइभेट बनाउन सक्नुहुन्छ ।

 

 

पछिल्लो अध्यावधिक: कात्तिक २८, २०७९ ८:११