close

बुधबार सार्वजनिक हुँदै ओप्पो ए वन प्रो, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

कात्तिक २९, २०७९ ९:२९

बुधबार सार्वजनिक हुँदै ओप्पो ए वन प्रो, यस्ता छन् विशेषता

काठमाडौं । क्यामेराको लागि उत्कृष्ट मानिने ब्रान्ड ओप्पोले आफ्नो मिडरेन्जको स्मार्टफोन 'ए वन प्रो' बुधबार सार्वजनिक गर्ने भएको छ । कम्पनीले एक टिजर सार्वजनिक गर्दै ए वन प्रो सार्वजनिक गर्ने घोषणा गरेको हो । उक्त टिजरमा देखाइए अनुसार यो फोनमा बेजल्सहरू कम छन् भने फोन पनि तुलनात्मक रुपमा पातलो रहेको छ । 

फोनमा  १०८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित २ मेगापिक्सेलको प्रोट्रेट सेन्सर पनि उपलब्ध गराइएको छ । साथै १६ मेगापिक्सेलको फ्रन्ट क्यामेराको लागि भने डिस्प्लेमा सिंगल पन्च होल बनाएको छ । फोनमा १२० हर्ज रिफ्रेसरेट सहितको ६.७ इन्चको ओएलईडी डिस्प्ले छ । फोनमा स्न्यापड्रागन ६९५ फाइभजी चिपसेट दिइएको छ । ​

मिडरेन्ज स्मार्टफोनको रुपमा सार्वजनिक गर्न लागेको यो फोनको मूल्य लगायत अन्य विवरण भने बुधबार मात्रै थाहा हुनेछ ।    

पछिल्लो अध्यावधिक: कात्तिक २९, २०७९ ९:४७