close

देशभरका ७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा

टेकपाना टेकपाना

कात्तिक ३०, २०७९ ७:५२

देशभरका ७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा

काठमाडौं, २९ कात्तिक । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले याे कोशेढुङ्गा पार गरेको जानकारी दिएकाे हो ।

३० भदौ २०५२  मा स्थापना भएको वर्ल्डलिङ्कले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ वर्ष पूरा भइसकेको छ । २०७४ जेठमा एक लाख ग्राहक सङ्ख्या पूरा गरेको वर्ल्डलिङ्कले त्यसको साढे पाँच वर्षमा थप नयाँ छ लाख ग्राहक थपेको हो ।

देशभर १५० भन्दा बढी शाखा कार्यालय रहेको वर्ल्डलिङ्कमा हाल पाँच हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । देशका सातै प्रदेशका ७३ जिल्लामा इन्टरनेट सेवा पुगिसकेको कम्पनीले जनाएकाे छ ।

बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङमा समेत चाँडै नै आफ्नो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ । देशको कुल इन्टरनेट ट्राफिकमध्ये ४२ प्रतिशत वर्ल्डलिङ्कमार्फत जाने गरेको छ ।

कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाई-फाई एक्सप्रेसमार्फत फ्रि वाई-फाई समेत उपलब्ध गराइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एउटा इन्टरनेट कनेक्सन औसतमा ४.३ प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । त्यस आधारमा नेपालमा वर्ल्डलिङ्कको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या ३० लाख २४ हजारभन्दा बढी रहेको देखिन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०७९ ७:५२