close

कपर केबल विस्थापन गर्दै टेलिकम, फाइबर सेवा लिन आग्रह

टेकपाना टेकपाना

कात्तिक ३०, २०७९ ८:५३

कपर केबल विस्थापन गर्दै टेलिकम, फाइबर सेवा लिन आग्रह

काठमाडौं । नेपाल टेलिकमले परम्परागत कपर केबलबाट भ्वाइस तथा इन्टरनेट सेवा लिइरहेका ग्राहकलाई अप्टिकल फाइबर सेवा लिन अनुरोध गरेको छ ।

एक सूचना जारी गर्दै कम्पनीको प्रादेशिक निर्देशनालय, बागमतीले कपर केबललाई एनटी फाइबर विस्थापन गर्न लागेकाले सो कार्यमा सहयोग गर्न आग्रह गरेको हो । टेलिकमले हाल एनटी फाइबरमार्फत देशका विभिन्न ठाउँमा टेलिफोन, इन्टरनेट तथा आईपीटिभी सेवा विस्तार गरिरहेको छ ।

इन्टरनेट तथा दूरसञ्चार सेवाका लागि फाइबर अप्टिक्सको व्यापक रुपमा हुन थालेपछि अहिले विश्वभर नै कपर केबलको प्रयोग घट्दो छ । 

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०७९ ९:२२