close

कुनै तुक नभएको भन्दै ट्वीट गर्दा प्रयोग गरिएको डिभाइसको नाम देखाउन बन्द गर्ने एलन मस्कको घोषणा

टेकपाना टेकपाना

कात्तिक ३०, २०७९ ९:५४

कुनै तुक नभएको भन्दै ट्वीट गर्दा प्रयोग गरिएको डिभाइसको नाम देखाउन बन्द गर्ने एलन मस्कको घोषणा

काठमाडौं । अब ट्वीटरले ट्वीट गर्दा कुन डिभाइस प्रयोग गरिएको थियो भन्ने कुराको जानकारी दिन बन्द गर्ने भएको छ । कम्पनीका मालिक एलन मस्कले ट्वीट गर्दै यस्तो घोषणा गरेका हुन् ।

हाल प्रत्येक ट्वीटमा आईफोन, एन्ड्रोइड फोन अथवा ट्वीटरको वेब क्लाइन्ट कुन माध्यमबाट ट्वीट गरिएको हो भन्ने कुराको जानकारी देखिने गरेको छ । "अन्ततः अब हामी कुन डिभाइसबाट ट्वीट लेखिएको हो भन्ने कुरा देखाउन बन्द गर्दै छौँ," मस्कले ट्वीट गर्दै भनेका छन् ।

 

And we will finally stop adding what device a tweet was written on (waste of screen space & compute) below every tweet. Literally no one even knows why we did that …

— Elon Musk (@elonmusk) November 14, 2022

यो फिचर स्क्रिनको स्थान र कम्प्युटको बर्बादी मात्र गरेको भन्दै यो किन सुरु गरिएको हो भन्ने कुराको कारण आफूहरू कसैलाई पनि थाहा नभएको बताएका छन् । ह्यासट्यागका आविष्कारक क्रिस मेसिनाले त्यसको जवाफ दिएका छन् ।

उनले तर्क दिँदै भनेका छन्, "कुन डिभाइसबाट ट्वीट गरिएको हो भन्ने जानकारी देखाउने विषय ट्वीटी र ट्वीटडेक जस्ता थर्डपार्टी ट्वीटर क्लाइन्टको भिजिबिलिटी उपलब्ध गराउने राम्रो उपाय थियो र 'स्टाटस इन्डिकेटर'ले एउटा ट्वीट मोबाइल वा डेस्कटप कुनबाट गरिएको हो भन्ने कुरा समेत बताउँछ ।"

 

correct

— jack (@jack) November 14, 2022

ट्वीटरका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा सहसंस्थापक ज्याक डोर्सीले मेसिनाको ट्वीटमा सामान्य तवरले रिप्लाई दिँदै 'करेक्ट' (ठीक हो) भनेका छन् । 

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०७९ १०:१४