close

ट्वीटरमा ब्लु भेरिफिकेसन फिर्ता ल्याउँदै एलन मस्क

टेकपाना टेकपाना

कात्तिक ३०, २०७९ १८:१७

ट्वीटरमा ब्लु भेरिफिकेसन फिर्ता ल्याउँदै एलन मस्क

काठमाडौं । ट्वीटर ब्लु भेरिफिकेसन सेवा पुनः सुचारू हुने भएको छ । ट्वीटरका नयाँ मालिक एलन मस्कले सेवा बन्द गरेको केही दिनमा नै फिर्ता ल्याउने घोषणा गरेका हुन् ।

केही समय अगाडि मात्र ट्वीटर ब्लु भेरिफिकेसन प्रति महिना ८ डलर तिरेर खरिद गर्न सकिने सेवालाई कम्पनीले हाल बन्द गरेको छ । प्रयोगकर्ताले चर्चित सेलिब्रेटी, कम्पनी तथा ब्राण्डको नाम दुरुपयोग गरेर सम्बन्धित कम्पनीलाई नै नकारात्मक प्रभाव परेपछि सेवा बन्द गरिएको हो । सशुल्क रूपमा उपलब्ध गराइने ट्वीटर ब्लु भेरिफिकेसन सेवा मस्कले जुन उद्देश्यले ल्याएका थिए त्यसको प्रतिफल विपरीत भइदियो । त्यसपछि बाध्य भएर कम्पनीले उक्त सेवा बन्द गरेको थियो ।

यद्यपि यो सेवा नोभेम्बर २९ मा पुनः सुचारू हुने भएको छ । मस्कले आफ्नो ट्वीट मार्फत ब्लु टिक भेरिफिकेसन परिमार्जित गर्दै पुनः सार्वजनिक गर्ने बताएका छन् । तर कुन कुरामा कस्तो परिमार्जन गरिने भन्ने विषयमा भने उनले कुनै जानकारी दिएका छैनन् । 

सशुल्क भेरिफिकेसन सार्वजनिक हुनु अगावै ट्वीटरले विज्ञापनदाता गुमाइरहेको थियो । नयाँ रणनीतिले कसरी काम गर्छ भन्ने कुराको जानकारी बाहिर आएको छैन ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०७९ १८:२५