close

भ्रष्टाचार धेरै भएको भन्दै ह्याकरले गरे गण्डकी प्रदेश सरकारको वेबसाइट ह्याक

टेकपाना टेकपाना

कात्तिक ३०, २०७९ २०:२

भ्रष्टाचार धेरै भएको भन्दै ह्याकरले गरे गण्डकी प्रदेश सरकारको वेबसाइट ह्याक

काठमाडौं । गण्डकी प्रदेशको अन्तर्गतको आर्थिक मामिला तथा योजना मन्त्रालयको वेबसाइट ह्याक भएको छ । ह्याकरले वेबसाइट नियन्त्रणमा लिई भ्रष्टाचारकाे विरोध गरेका छन् ।

आफूलाई क्रिप्टर्स भनेर चिनाउने ह्याकरले मन्त्रालयको साइट ह्याक गरेकाे पाइएकाे छ । वेबसाइट आफ्नो पहुँचमा लिएर ह्याकरले ‘अहिले भ्रष्टाचार र दमन अत्ति भयो हामी तपाईँका लागि आउँदैछौँ’ भन्दै पाेस्ट गरेका थिए । साइट ह्याक भएको ११ घण्टा बितिसक्दा पनि सामान्य अवस्थामा फर्किएकाे छैन ।

मन्त्रालयलाई मेन्सन गर्दै ह्याकरले ट्वीट गरेका छन्, "हामीले तपाईँको वेबसाइटलाई बिगार्‍यौं । यस्ता हमलाहरू आइरहने छन् । हामी हरेक सरकारी साइट र इन्टरनेटमा उपलब्ध सेवाहरूलाई लक्षित गर्नेछौं ।" ​ह्याकरको ट्वीटर अकाउन्ट 'क्रिप्टर्श'बाट साइबर सुरक्षासम्बन्धी कम्पनीलाई मात्र फलो गरिएको छ ।

गत महिना खोलिएको याे अकाउन्टमा आर्थिक मामिला तथा योजना मन्त्रालयको साइट ह्याक गरेको जानकारी मात्र देख्न सकिन्छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०७९ २२:१