close

जीमेलमा कसैलाई सधैंका लागि ब्लक गर्नुपर्‍यो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

मंसिर १, २०७९ ९:४६

जीमेलमा कसैलाई सधैंका लागि ब्लक गर्नुपर्‍यो ? यसो गर्नुहोस्

काठमाडौं । जीमेलमा मेल आउनु स्वाभाविक नै हो । कतिपयलाई हामीले जानेर ईमेल एड्रेस दिएका हुन्छौँ भने कतिपयलाई अञ्जानमै आफ्नो ईमेल एड्रेस दिएका हुन्छौँ । हामीलाई आउने कतिपय मेल अनावश्यक लाग्छन् ।

आज हामी जीमेलमा कसरी अकाउन्ट ब्लक गर्ने भन्ने विषयमा जानकारी दिँदैछाैं ।

जीमेलमा यसरी ब्लक गर्नुहोस् ईमेल

-सबैभन्दा पहिले जीमेलमा जानुहोस् ।

-अब आफूले ब्लक गर्न चाहेको ईमेलबाट आएको मेल खोल्नुहोस् ।

-यति गरिसकेपछि पठाउने व्यक्तिको नामको पछाडि रहेको तीन ओटा थोप्लामा ट्याप गर्नुहोस् ।

-अनि 'ब्लक युजर' (Block User) मा ट्याप गर्नुहोस् ।

यति गर्नुभयो भने तपाईँले कुनै पनि ईमेल एड्रेसबाट आउने मेल ब्लक गर्न सक्नुहुन्छ । यदि विभिन्न कम्पनीमा साइनअप गर्नुभएको छ भने तपाईँलाई लगातार मेल आइरहन्छ ।

त्यस्ता मेल अनसब्स्क्राइब गर्नुपर्ने हुन्छ । मेल अनसब्स्क्राइब गर्न तलको प्रक्रिया अपनाउनुहोस्:

-सबैभन्दा पहिले जीमेल खोल्नुहोस् ।

-त्यसपछि कम्पनी (फेसबुक, ट्वीटर, लिङ्कडेन, युट्युब) बाट आएको मेलमा जानुहोस् ।

-स्क्रोल गर्दै तल गएपछि अनसब्स्क्राइबको विकल्प देखिन्छ ।

-अनसब्स्क्राइबमा ट्याप गरेपछि तपाईँको जीमेलमा उक्त अकाउन्टबाट ईमेल आउँदैन ।

अनसब्स्क्राइब गर्दा उक्त प्लेटफर्मबाट पुनः मेल आउँदैन । तर, ब्लक गरेको मेल स्पाममा गएर बस्छ । हामीले बारम्बार स्पाम सेक्सनमा गएर मेसेज डिलिट गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १, २०७९ ९:५३