close

नेपाली बजारमा आउँदै सस्तो बिजुली कार 'टाटा टियागो'

टेकपाना टेकपाना

मंसिर १, २०७९ १९:११

नेपाली बजारमा आउँदै सस्तो बिजुली कार 'टाटा टियागो'

काठमाडौं । नेपाली बजारमा टाटा मोटर्सको टियागो विद्युतीय कार आउने भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रद्धी ट्रेडिङ प्रालिले सस्तो मूल्यको यो कार भित्र्याउन लागेको हो ।

भारतीय बजारमा भारू ११ लाख ७९ हजारमा सार्वजनिक भएको टियागो कार नेपालमा कति मूल्यमा उपलब्ध हुनेछ भन्ने विषयमा कम्पनीले केही खुलाएको छ । आउँदो जनवरी महिनाभित्र नेपाली बजारमा उपलब्ध गराउने तयारी भइरहेको सिप्रद्धी ट्रेडिङका प्रतिनिधि अधिकृत सुशिल देवकोटाले बताए ।

उनका अनुसार यो कारमा ७४ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ, जसबाट गाडी अधिकतम ३१५ किलोमिटरसम्म गुड्नसक्छ । ७.२ किलोवाटको चार्जरले कार तीन घण्टा ३६ मिनेटमै फुल चार्ज हुने र डीसी चार्जरबाट ५७ मिनेटमै ब्याट्री फुल हुने उनले बताए ।

आठ वर्षको ब्याट्री वारेन्टी रहेको कार अटोमेटिक ट्रान्समिसन टाइपमा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर २, २०७९ १४:२४