close

पुराना फ्रिज, वाशिङ मसिन र टिभी नयाँसँग साट्न मिल्ने, नयाँ सामान किन्दा छुट र उपहार

टेकपाना टेकपाना

मंसिर ३, २०७९ १९:३

काठमाडौं । विभिन्न ब्रान्डका विद्युतीय उपकरण बिक्री गर्दै आएको बिग डिजिटलले आफ्ना ग्राहकको लागि 'ट्रिपल वर्ल्डकप अफर' ल्याएको छ ।

यसअन्तर्गत ग्राहकले घरमा आफूले प्रयोग गरिरहेका टिभी, वासिङ मसिन, फ्रिज लगायतका विद्युतीय उपकरण नयाँसँग साट्न सक्नेछन् ।

साथै कम्पनीले हरेक हप्ता विभिन्न सामान गिभअवे पनि गर्ने भएको छ भने नयाँ सामानमा विशेष छुट र अफर दिने भएकाे छ ।

''ग्राहकले नयाँ सामान खरिद गर्दा स्क्र्याच कुपन पाउनेछन्, जसअन्तर्गत एक हजारदेखि पाँच हजार रूपैयाँसम्म छुट पाउँछन् । त्यस्तै आईएमई पेका तर्फबाट एक हजार रूपैयाँ छुट पनि पाइन्छ,'' बिग डिजिटलका प्रतिनिधि रामचन्द्र मगरले जनाए । 

पछिल्लो अध्यावधिक: मंसिर ३, २०७९ १९:३