close

आजबाट दुई दिन दराजको डेलिभरी सेवा बन्द रहने

टेकपाना टेकपाना

मंसिर ४, २०७९ ११:२५

आजबाट दुई दिन दराजको डेलिभरी सेवा बन्द रहने

काठमाडौं । जारी प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन अवधिभर ई-कमर्श प्लेटफर्म दराजले डेलभरी नगर्ने जनाएको छ । जारी चुनावका कारण सोमबार सम्म डेलिभरी नहुने दराजले आफ्नो फेसबुक पोस्ट मार्फत जानकारी गराएको छ । एक सूचना जारी गर्दै कम्पनीले आइतबार र सोमबार डेलिभरी नहुने बताएको हो ।
 
यद्यपि ग्राहकहरूले आफ्नो अर्डर भन्ने गर्न सक्नेछन् । चुनावका कारण सवारी आवागमन प्रभावित भएपछि कम्पनीले आफ्नो डेलिभरी सेवा रोकेको हो । मंगलबार देखि भने डेलिभरी पुन: सुचारु हुने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: मंसिर ४, २०७९ ११:२८