close

विश्वकप सुरु हुनै लाग्दा ईसेवा र खल्तीको सिस्टममा समस्या

टेकपाना टेकपाना

मंसिर ४, २०७९ १९:४३

विश्वकप सुरु हुनै लाग्दा ईसेवा र खल्तीको सिस्टममा समस्या

काठमाडौं । डिजिटल वालेट तथा भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवा र खल्तीको सिस्टम डाउन भएको छ । विश्वकप फुटबलको लाइभ प्रसारण हुनै लाग्दा अनपेक्षित रुपमा ट्राफिक बढेपछि यस्तो समस्या आएको हो ।

यस पटकको विश्वकप फुटबल खेलको प्रत्‍यक्ष प्रसारण हेर्न चाहने दर्शकले भ्याट सहित ५६५ रुपैयाँमा टेलिभिजन च्यानलको सब्सक्रिप्सन लिनु पर्नेछ । यस्तोमा फिफा विश्वकपको उद्घाटन सुरु हुनै लाग्दा अधिकांश दर्शकले सब्सक्रिप्सन लिन खोज्दा कम्पनीको सिस्टम डाउन भएको हो ।

ईसेवा र खल्ती विश्वकप लाइभका लागि भुक्तानी गर्ने माध्यमको रूपमा रहेका छन् । भुक्तानी सेवाप्रदायकका  सिस्टम डाउन हुँदा ग्राहकले रकम लोड गर्न र भुक्तानी गर्न पाइरहेका छैनन् ।

ट्राफिक धेरै आएर फायरवालले ट्राफिक ब्लक गर्दा यस्तो समस्या आएको खल्तीका सीईओ विनय खड्काले बताए । “सकेसम्म छिटो समस्या समाधान गर्नेगरी आवश्यक प्रयास भइरहेको छ,” उनले भने ।

पछिल्लो अध्यावधिक: मंसिर ४, २०७९ १९:४५