close

फोल्ड गर्न मिल्ने स्मार्टफोन ल्याउँदै साओमी, यस्ता हुनेछन् फिचर

टेकपाना टेकपाना

मंसिर ५, २०७९ १३:५०

फोल्ड गर्न मिल्ने स्मार्टफोन ल्याउँदै साओमी, यस्ता हुनेछन् फिचर

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी साओमी नयाँ फोल्डेबल फोन सार्वजनिक गर्ने तयारीमा छ । कम्पनीले सार्वजनिक गर्ने फोल्डेबल फोनको प्रोटोटाइप यसअघि नै सार्वजनिक भइसकेको छ ।

यसैबीच उक्त फोनको थप नयाँ फिचरसमेत सार्वजनिक भएका छन् । टिप्स्टर क्युवाका अनुसार यो फोन बाहिरतर्फ फोल्ड गर्न मिल्नेछ । सँगै यो फोन स्न्यापड्रागन ८५५ एसओसी चिपसेट आधारित हुनेछ ।

यसको अर्थ साओमीले सार्वजनिक गर्ने फोल्डेबल फोनले फाइभजी नेटवर्क सपोर्ट गर्नेछ ।

टिप्स्टरका अनुसार यो फोन पहिलो चरणमा सीमित मात्रामा उत्पादन हुनेछ । यो फोन कहिले सार्वजनिक हुन्छ भन्ने विषयमा भने कुनै जानकारी उपलब्ध गराइएको छैन ।

यसैबीच कम्पनीले डिसेम्बरकाे अन्त्यसम्म साओमी १३ सिरिजका स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०७९ १३:५५