close

रोनाल्डो बने इन्स्टाग्राममा ५० करोड फलोअर हुने पहिलो व्यक्ति, दोस्रो स्थानमा मेस्सी

टेकपाना टेकपाना

मंसिर ५, २०७९ १४:१८

रोनाल्डो बने इन्स्टाग्राममा ५० करोड फलोअर हुने पहिलो व्यक्ति, दोस्रो स्थानमा मेस्सी

काठमाडौं । फुटबलर क्रिष्टियानो रोनाल्डो सामाजिक सञ्जाल इन्स्टाग्राममा ५० करोड बढी फलोअर हुने पहिलो व्यक्ति बनेका छन् । सोमबार बिहान रोनाल्डोको इन्स्टाग्राम अकाउन्टमा ५० करोड फलोअर संख्याको आँकडा पार भएको हो ।

बेलायती प्रसारक पियर्स मोर्गनसँगको अन्तर्वार्तामा रोनाल्डोले आफूले रेकर्डलाई नभई रेकर्डले आफूलाई पछ्याउने गरेकाे उल्लेख गरेका थिए । अन्तर्वार्ता दिएको केही समयमै उनको इन्स्टाग्राम अकाउन्टमा ५० करोड बढी फलोअर पुगेका हुन् ।

उनलाई पछ्याउँदै अर्का फुटबलर लियोनेल मेस्सी ३७ करोड ६० लाख फलोअरका साथ दोस्रो स्थानमा छन् । पछिल्लो समय यी दुई खेलाडीले एक-अर्कासँग बसेको फोटो (विज्ञापन) शेयर गरेपछि निकै भाइरल भएको थियो ।

फोटो राखेको एक दिनमै ३० लाख फलोअर बढेर रोनाल्डो अहिले सामाजिक सञ्जालमा सर्वाधिक बढी फलोअर हुने व्यक्ति बनेका छन् । गत वर्ष सामाजिक सञ्जालका विभिन्न अकाउन्टमा उनको कुल ५० करोड फलोअर रहेका थिए ।

अहिले रोनाल्डोको फेसबुक पेजमा १५ करोड ५० लाख र ट्वीटरमा १० करोड ५० लाख फलोअर रहेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०७९ १४:२५