close

इन्क्रिप्सनसहित भिडिओ र भ्वाइस कल सुविधा ल्याउँदै ट्वीटर

टेकपाना टेकपाना

मंसिर ६, २०७९ १०:२६

इन्क्रिप्सनसहित भिडिओ र भ्वाइस कल सुविधा ल्याउँदै ट्वीटर

काठमाडौं । ट्वीटरले इन्क्रिप्सन सहित भिडिओ र भ्वाइस कलको सुविधा ल्याउने भएको छ । कम्पनीका नयाँ मालिक एलन मस्कको सामाजिक सञ्जाल ट्वीटरलाई सुधार गर्ने चाहना अनुरूप यी फिचर थपिन लागेका हुन् । सोमबार सानफ्रान्सिस्को स्थित ट्वीटर हेडक्वार्टरमा आफ्ना कर्मचारीहरूसँगको बैठकमा मस्कले "ट्वीटर २.०" शीर्षकमा प्रस्तुति दिएका थिए । 

मस्कले आफ्ना कर्मचारीहरूलाई कम्पनीले डीएम इन्क्रिप्ट गर्ने र अकाउन्टहरूबीच इन्क्रिप्टेड भिडिओ र भ्वाइस कल गर्न सकिने फिचरमा काम गर्ने बताएका छन् । "हामी प्रयोगकर्ताहरूले आफ्नो गोपनीयता र डेटा चोरी हुने चिन्ता नलिएरै सञ्चार गर्न सकून् भन्ने चाहन्छौँ," मस्कले भनेका छन् ।

इन्क्रिप्सनपछि कसैले आफ्नो टाउकोमा बन्दुक तेर्स्याउँदा समेत कसैको डीएम हेर्न नसक्ने उनको भनाई थियो । ट्वीटरमा भिडिओ र भ्वाइस कलिङका लागि कसैलाई आफ्नो मोबाइल नम्बर दिइरहनु नपर्ने बताइएको छ । 

पछिल्लो अध्यावधिक: मंसिर ६, २०७९ १०:२६