close

फेसबुक अकाउन्टमा समस्या आयो ? यसरी गर्नुहोस् रिपोर्ट

टेकपाना टेकपाना

मंसिर ६, २०७९ १६:५

फेसबुक अकाउन्टमा समस्या आयो ? यसरी गर्नुहोस् रिपोर्ट

काठमाडौं । सामाजिक सञ्जालमध्ये फेसबुक सर्वाधिक प्रयोग गरिने एक माध्यम हो । फेसबुक प्रयोग गरिरहँदा त्यसमा हामीले विभिन्न समस्या भोगिरहेका हुन्छौँ । विशेषगरी हामीले फेसबुकको नीति उलङ्घन गरेको खण्डमा वा फेसबुकलाई उक्त प्लेटफर्ममा हामीले अस्वभाविक गतिविधि गरेको महसुस भएमा आईडी 'रेस्ट्रिक्ट' हुनेगर्छ ।

कतिपय अवस्थामा त आईडी सधैँका लागि बन्द हुन्छ । त्यस्तो अवस्थामा हामी आफ्नो समस्या सोझै फेसबुकका ग्राहक प्रतिनिधि (कस्टमर केयरमा) राख्नुपर्ने हुन्छ । के हामीले जान्न खोजेका कुरा वा हाम्रा जिज्ञासा फेसबुकका ग्राहक प्रतिनिधिले मेटाइदिन्छन् त ?

आज हामी फेसबुकका ग्राहक प्रतिनिधिसँग साँच्चै कुरा गर्न सकिन्छ त वा सकिन्छ भने कसरी सकिन्छ भन्ने विषयमा जानकारी दिन्छौँ ।

एउटा कुरा के याद गर्नुहाेस् भने फेसबुकले हामी प्रयोगकर्तालाई आफ्ना ग्राहक नै मान्दैन । हामीले विज्ञापन हेरेर फेसबुकलाई योगदान दिइरहे पनि फेसबुकले हामीलाई ग्राहकका रूपमा कहिल्यै सोचेको हुँदैन । भनिन्छ नि यदि तपाईँले कुनै पनि उत्पादन उपयोग गरेवापत कुनै शुल्क तिर्नुभएको छैन भने त्यस्तो अवस्थामा तपाईँ नै उक्त प्लेटफर्मको उत्पादन हो ।

त्यसले तपाईँलाई प्रयोग गरी आम्दानी गरिरहेको हुन्छ । प्रायः अवस्थामा हामीले फेसबुकमा भेटेका कुनै पनि समस्यालाई हामी आफैंले समाधान गरौँ भन्ने फेसबुकको चाहना हुन्छ । तर, केही अवस्थामा भने फेसबुकको ग्राहक सेवासम्म पुग्न सकिन्छ ।

फेसबुक अकाउन्टमा समस्या आउँदा फेसबुकको ग्राहक प्रतिनिधि सेवासँग कसरी कुरा गर्ने ?

फेसबुकले आफ्ना ग्राहकका लागि कुनै पनि फोन सेवा उपलब्ध गराएको हुँदैन । न त हामी फेसबुकको फेसबुक पेजमा गएर म्यासेज गर्न नै सक्छौँ । त्यस्तै कतिपय घटनाका लागि कतैबाट नम्बर पाएर कल गर्नु पनि समयको बर्बादीबाहेक अरू केही होइन ।

त्यस्तै तपाईँले [email protected] मा मेल गरेर पनि फेसबुकको ग्राहक सेवामा पुग्न सकिन्छ । तर, यसमा पनि फेसबुकका कर्मचारीले रेस्पोन्स दिने/नदिने निश्चित हुँदैन । यदि तपाईँको समस्या अत्यावश्यक नभएको खण्डमा यहाँ क्लिक गरेर रिपोर्ट टुलमा पुग्न सकिन्छ । 

फेसबुकलाई सम्पर्क गरेर त्यहाँ आएका समस्या कसरी रिपोर्ट गर्ने ?

यदि तपाईँ फेसबुकलाई सम्पर्क गर्न तयार हुनुहुन्छ भने फेसबुकले 'रिपोर्ट अ प्रोब्लम' (Report a problem) भन्ने सेक्सन छुट्याएको छ । जहाँबाट सजिलै फेसबुकमा आफूले भोगेका समस्या रिपोर्ट गर्न सकिन्छ ।

फेसबुकमा कुनै पनि समस्या रिपोर्ट गर्न तलको प्रक्रिया अपनाउनुहोस्:

-सबैभन्दा पहिले फेसबुक खोल्नुहोस् ।

-त्यसपछि सबैभन्दा माथि दायाँपट्टि रहेको तपाईँको प्रोफाइल पिक्चरमा क्लिक गर्नुहोस् ।

  • त्यसपछि स्क्राेल गर्दै तल गएर 'हेल्प एन्ड सपोर्ट' (Help and Support) मा क्लिक गर्नुहोस् ।

  • त्यसपछि रिपोर्ट अ प्रोब्लम (Report a Problem) मा जानुहोस् ।

-त्यसपछि सम्थिङ वेन्ट रङ (Something went wrong) मा क्लिक गर्नुहोस् ।

-त्यसपछि 'चुज एन एरिया' (Choose an Area) भन्ने बक्स देखिन्छ, जहाँ गएर तपाईँले कहाँ समस्या देखिएको भन्ने कुरा छान्नुपर्ने हुन्छ ।

-त्यसपछि तल रहेको 'डिटेल' भन्ने अप्सनमा गएर आफूले फेसबुकमा भोगेको समस्या विस्तृत रूपमा उल्लेख गर्नुपर्ने हुन्छ ।

-त्यसपछि त्यसभन्दा तल आफूले कुन सेक्सनमा समस्या भोगेको भन्ने कुराको स्क्रिनशट वा भिडिओ पठाउनु पर्ने हुन्छ । त्यसपछि अन्तिममा रहेको 'सब्मिट' बटनमा ट्याप गर्नुहोस् ।

-यसरी तपाईँको समस्या रिपोर्ट हुन्छ । तपाईँको फेसबुकमा आएको समस्या कत्तिको जायज हो वा तपाईँले उल्लेख गरेका जानकारी र विवरण कत्तिको सही छन्, त्यसको आधारमा फेसबुकले तपाईँको समस्या समाधान गर्नसक्छ ।

तपाईँको फेसबुक अकाउन्ट डिसेबल भयो भने के गर्ने ?

तपाईँले के कुरा याद गर्नुहोला भने फेसबुक अकाउन्ट बनाउँदा आफ्नो आधिकारिक प्रमाणपत्रमा रहेका विवरण राख्नुहोस् । विशेषगरी जन्मदिन फरक पार्नुहुँदैन । फेसबुक अकाउन्ट डिसेबल भएको खण्डमा फेसबुकले तपाईँलाई तपाईँको आधिकारिक विवरण पठाउन भन्छ ।

तपाईँलाई पठाइएको अनलाइन फाराममा तपाईँले आफ्नो आधिकारिक प्रमाणपत्र पठाउनुपर्ने हुन्छ । त्यसका लागि फेसबुकले ३० दिनको समय तोकेको हुन्छ ।

यदि त्यो समयमा तपाईँले पठाउनुभएन वा गलत प्रमाणपत्र पठाउनु भएमा तपाईँको अकाउन्ट डिसेबल हुन्छ । याद गर्नुहोस् तपाईँले पठाएको प्रमाणपत्र फेसबुकले आफूसँग एक वर्षसम्मका लागिराख्छ ।

के फेसबुकको ग्राहक सेवा छ त ?

तपाईँले फेसबुकमा ग्राहक सेवा खोज्न थाल्नुभयो भने दुःखमात्र पाउनुहुन्छ । फेसबुकमा प्रायः स्वचालित प्रणाली जडान गरिएका हुन्छन् । हाम्रा कुनै पनि समस्या छन् भने त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा त्यही उल्लेख गरेको हुन्छ ।

कम्पनी प्रयोगकर्तासँग प्रत्यक्ष रूपमा सम्पर्कमा रहेर आफ्नो समय र पैसा खेर फाल्न चाहँदैन । के तपाईँलाई फेसबुकले ग्राहक सेवा उपलब्ध गराउँछ त ? हो, फेसबुकले तपाईँलाई ग्राहक सेवा उपलब्ध गराउँछ ।

तर, त्यसका लागि तपाईँ फेसबुकको विज्ञापनदाता हुनुपर्ने हुन्छ । विज्ञापनसँग सम्बन्धित ग्राहकका समस्या फेसबुक ग्राहक सेवा प्रतिनिधिबाट समाधान गर्छ ।

पछिल्लो अध्यावधिक: मंसिर ६, २०७९ १६:५