काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले अक्टाकोर प्रोसेसर र युनिसकको टिगर टी६१२ चिपसेट भएकाे नार्जो ५०आई (narzo 50i) सार्वजनिक गरेको हाे ।
अन्तर्राष्ट्रिय बजारमा पाँच महिनाअघि नै सार्वजनिक भएको यस फोन नेपालमा भने भर्खर मात्रै आएको हो । डुअल सिम फिचर भएको फोनमा ६.५ इन्चको डिस्प्ले छ । फोनमा ८ मेगापिक्सेलको मुख्य क्यामेरासहित ५ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।
डार्क ब्लु र मिन्ट ग्रीन कलरमा उपलब्ध यो फोनमा १० वाटको चार्जर सहितको ५,००० एमएएच ब्याट्री छ । कम्पनीले ३ जीबी र्याम र ३२ जीबी स्टोरेज भेरियन्टको मूल्य १४ हजार ४९९ रुपैयाँ तोकेको छ भने ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य १५,९९९ रुपैयाँ तोकेको छ ।