close

सामाजिक सञ्जालमा एकाएक किन चर्चामा आयो रोनाल्डोको घडी ?

टेकपाना टेकपाना

मंसिर ७, २०७९ १६:१३

सामाजिक सञ्जालमा एकाएक किन चर्चामा आयो रोनाल्डोको घडी ?

काठमाडौं । अहिले सामाजिक सञ्जालमा पोर्चुगिज फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले लगाएको घडीले चर्चा पाइरहेको छ । रोनाल्डोले हालै इन्स्टाग्राममा घडी लगाएकाे फाेटाे राख्दै घडी निर्माता 'जाकोब एन्ड को' सँग सहकार्यकाे घाेषणा गरेका छन् ।

सामाजिक सञ्जालमा रोनाल्डोभन्दा पनि उनले लगाएको घडीको डिजाइनले बढी चर्चा पाएको छ । घडीमा उनले सन् २०१३ मा रियल मड्रिड क्लबका लागि म्यानचेस्टर युनाइटेडविरुद्ध गोल गर्दा टाउकोले बल हान्दै गरेको तस्वीर राखिएको छ ।

सोही तस्वीर अहिले चर्चामा छ । हाल आबद्ध क्लब म्यानचेस्टर युनाइटेड औपचारिक रूपमा छाेड्नुअघि नै उनले यो फोटो सार्वजनिक गरेका हुन् ।

सो तस्वीर सार्वजनिक भएसँगै मानिसहरूले म्यानचेस्टर युनाइटेड विरुद्ध रोनाल्डोले तस्वीर सार्वजनिक गरेको आकँलन गरेका छन् ।

किनभने यो घडी रोनाल्डो आफैंले डिजाइन गरेका हुन् । कम्पनीले तीन फरक डिजाइनमा सो घडी सार्वजनिक गरेको छ । ती सबै घडीमा रोनाल्डोको तस्वीर राखिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ७, २०७९ १६:१३