close

मोबाइल स्क्रिनलाई टिभीमा कसरी देखाउने ?

टेकपाना टेकपाना

मंसिर ७, २०७९ १९:२२

मोबाइल स्क्रिनलाई टिभीमा कसरी देखाउने ?

काठमाडौं । मोबाइल स्क्रिन टिभीमा शेयर गर्नुपर्ने विभिन्न कारणहरू हुनसक्छन् । विशेषगरी मोबाइलमा भएका विभिन्न फाइलहरू ठूलो स्क्रिनमा देखाउनुपर्दा यो टिप्स काम लाग्न सक्छ । कतिपय अवस्थामा घरका सबै सदस्य जम्मा हुँदा मोबाइलका सामग्री टिभीमा देखाउनुपर्ने हुन सक्छ । वा कुनै परियोजनामा काम गर्दा मोबाइमा भएका फाइल टिभी वा ठूलाे पर्दामा देखाउनुपर्ने हुन्छ ।

त्यसबाहेक पनि मोबाइल एपमा भएका विभिन्न फाइलहरू टिभी स्क्रिनमार्फत देखाउनुपर्ने हुन्छ । मोबाइल स्क्रिन टिभीमा देखाउने विभिन्न विकल्प रहेका छन् ।

एन्ड्रोइड फोनबाट एन्ड्रोइड टिभीमा यसरी स्क्रिन शेयर गर्नुहोस्

एन्ड्रोइड फोनबाट एन्ड्रोइड टिभीमा स्क्रिन शेयर गर्नका लागि थर्ड पार्टी एप आवश्यक पर्दैन । तपाईँले मोबाइलको सेटिङबाट नै स्क्रिनशेयर गर्न सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

-सबैभन्दा पहिले टिभी र मोबाइलमा एउटै वाई-फाई कनेक्ट गर्नुहोस् । (डेटा भए आफ्नो मोबाइलको हट्सपट अन गरेर कम्प्युटरमा इन्टरनेट कनेक्ट गर्नुहोस् ।)

-त्यसपछि मोबाइलको सेटिङमा जानुहोस् ।

-यति गरेपछि स्क्रोल गर्दै तल गएर कनेक्सन एन्ड शेयरिङमा ट्याप गर्नुहोस् ।

-अनि 'वायरलेस डिस्प्ले' अप्सन छान्नुहोस्  र अन गर्नुहोस् ।

-त्यसपछि तपाईँले आफूसँग भएको टिभीको नाम देख्नुहुन्छ । टिभीको नाममा ट्याप गर्नुभयो भने टिभीमा एक्सेस दिन भनिएको हुन्छ ।

-टिभीमा एक्सेस दिइसकेपछि मोबाइलमा जुन एप खोल्नुभयो, त्यसको स्क्रिन टिभीमा देखिन्छ ।

यसरी मोबाइलको स्क्रिन टिभीमा देखाउँदा थर्ड पार्टी एप डाउनलोड गर्नुपर्ने झन्झट हुँदैन ।

पछिल्लो अध्यावधिक: मंसिर ८, २०७९ ८:२०