close

अनलाइन गेम खेल्न कडाइ गरेपछि चीनमा युवाको कुलत समस्या समाधान

टेकपाना टेकपाना

मंसिर ८, २०७९ १४:९

अनलाइन गेम खेल्न कडाइ गरेपछि चीनमा युवाको कुलत समस्या समाधान

काठमाडौं । चीनले युवा पुस्तामा देखिँदै आएको गेमिङ लतको समस्या समाधान भएको दाबी गरेको छ । गेमको नियामक निकाय अन्तर्गत रहेको गेमिङ इन्डस्ट्री ग्रुप कमिटीले पछिल्लो केही महिनायता गेममा युवा पुस्तामा देखिएको लत निकै कम हुँदै गएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

यसका लागि चीन सरकारले केही वर्षदेखि गेममा धेरै खालको प्रतिबन्ध लगाउँदै आएको थियो । सन् २०२१ देखि बालबालिकाले हप्तामा तीन घण्टाभन्दा बढी गेम खेल्न प्रतिबन्ध लगाएको थियो । डेटा प्रदायक कम्पनी सीएनजीसँगको सहकार्यमा भएको यो अध्ययनले ७५ प्रतिशत युवा गेमरले तीन घण्टाभन्दा कम गेम खेल्न थालेको देखाएको छ ।

यसका लागि चिनियाँ गेमिङ कम्पनी टेन्सेन्ट लगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ । यसअघि चीन सरकारले युवा पुस्तामाझ गेमको लतले ’एमफोबिया’, एकाग्रतामा कमी, अनिन्द्रा, मानसिक स्वास्थ्य लगायतका समस्या बढेको बताएको थियो ।

युवा पुस्तामा देखिएको यस्ता समस्यालाई कम गर्न चीन सरकारले विभिन्न कदम चालेको थियो ।

पछिल्लो अध्यावधिक: मंसिर ८, २०७९ १४:१२