close

फेसबुकमा कुन उम्मेदवारले कति गरे खर्च ? यसरी हेर्नुहोस्

टेकपाना टेकपाना

मंसिर ८, २०७९ १६:३९

फेसबुकमा कुन उम्मेदवारले कति गरे खर्च ? यसरी हेर्नुहोस्

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएर अहिले मत गणना भइरहेको छ । केही स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ भने केही स्थानको आउने क्रम जारी छ । यस वर्षको निर्वाचनमा चुनाव प्रचारशैली फेरिएको छ ।

अधिकांश उम्मेदवारले सामाजिक सञ्जालको प्रयोग गरी विज्ञापन गरेका थिए । फेसबुकले हरेक देशको हरेक क्षेत्रबाट उक्त प्लेटफर्ममा गरिएको विज्ञापनको रिपोर्ट उपलब्ध गराउँछ ।

फेसबुकका अनुसार पछिल्लो ३ महिनामा नेपालबाट उक्त प्लेटफर्ममा विज्ञापनका लागि एक लाख ५२ हजार ७६३ डलर (करिब १ करोड ९८ लाख ५ हजार ३१० रुपैयाँ) खर्च गरिएको छ । आफ्नो क्षेत्रबाट उठेका उम्मेदवारले फेसबुकमा कति खर्च गरेका छन् भन्ने कुरा सोही रिपोर्ट हेरेर थाहा पाउन सकिन्छ ।

यसमा तीन महिना, एक महिना, सात दिन र पछिल्लो एक दिनमा विज्ञापनबाट भएको खर्च समावेश गरिएको छ । निर्वाचनको प्रचार पछिल्लो ३० दिनदेखि सक्रिय रूपमा सुरु गरिएको थियो । उक्त रिपोर्टमा पछिल्ला ३० दिनको विवरण हेर्नुभयो भने कति खर्च गरियो हेर्न सकिन्छ ।

फेसबुकबाट गरिएको खर्च हेर्नका लागि तल दिइएको प्रक्रिया अपनाउनुहोस्:

-सबैभन्दा पहिले यहाँ क्लिक गरेर फेसबुकको विज्ञापन रिपोर्टमा जानुहोस् ।

 

-त्यसपछि स्क्रोल गर्दै तल जाँदा कति दिनको हेर्ने भन्ने अप्सन छान्न सकिन्छ । उदाहरणका लागि ३० दिनको समय छान्नुहोस् ।

 

-वा, माथि सर्च गर्ने अप्सन रहेको हुन्छ । त्यहाँ आफ्नो उम्मेदवारको नाम सर्च गरेर पनि विज्ञापन हेर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर ८, २०७९ १६:३९