close

मंसिर १६ देखि राजधानीमा विद्युतीय गाडीको प्रदर्शनी

टेकपाना टेकपाना

मंसिर ८, २०७९ १८:४०

मंसिर १६ देखि राजधानीमा विद्युतीय गाडीको प्रदर्शनी

काठमाडौं । आउँदो मंसिर १६ देखि राजधानीमा विद्युतीय सवारीको वृहत् प्रदर्शनी ‘ईभी नेपाल एक्स्पो २०२२’ हुने भएको छ । एसडी एक्स्पो मिडियाको आयाेजनामा भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा तीन दिनसम्म चल्ने प्रदर्शनीमा स्कुटर, बाइक, रिक्सा, लोडर, टेम्पो तथा चार पाङ्ग्रे विद्युतीय सवारीसाधनकाे प्रत्यक्ष अवलोकन गर्न सकिने छ ।

त्यस्तै विभिन्न ब्राण्डका ब्याट्री, विद्युतीय चार्जिङ स्टेसन, सफ्टवेयर लगायतका अन्य सामग्री पनि प्रदर्शनीमा राखिने एसडी एक्स्पो मिडियाका सिनियर म्यानेजर नारायण क्षेत्रीले जानकारी दिए । नेपालमा विद्युतीय सवारी साधन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित याे प्रदर्शनी गर्न लागिएकाे उनले बताए ।

प्रदर्शनीमा १५० भन्दा बढी कम्पनीहरुको सहभागिता रहने अनुमान गरिएको छ । दुई वर्षअघि नै विद्युतीय सवारीका लागि बृहत् प्रदर्शनी गर्ने तयारी भएपनि कोभिड महामारीका कारण हुन सकेको थिएन ।

पछिल्लो अध्यावधिक: मंसिर ८, २०७९ १८:४०