close

के साँच्चिकै वर्ल्डलिङ्कले रिब्रान्डिङ थालेको हो?

टेकपाना टेकपाना

मंसिर ९, २०७९ १२:११

के साँच्चिकै वर्ल्डलिङ्कले रिब्रान्डिङ थालेको हो?

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा नयाँ प्रोफाइल तथा कभर फोटो राख्यो । वर्ल्डलिङ्कको ब्रान्ड कलर निलो भए पनि कम्पनीले त्यहाँ सुन्तला रंगको ब्याकग्राउण्डमा कम्पनीको नाम राखी प्रोफाइल फोटो राखेको छ । यो कलर ई-कमर्श साइट दराजको ब्रान्ड कलर पनि हो ।

कम्पनीले एकाएक आफ्नो ब्रान्ड कलर निलोलाई हटाएर सुन्तला रङ्ग राख्दा सामाजिक सञ्जालमा विभिन्न चर्चा हुन थालेको छ । केहीले वर्ल्डलिङ्क दराजसँग गाभिएको आँकलन समेत गरेका छन् । 

वर्ल्डलिङ्कले भने यो रंग राख्नुको मुख्य उद्देश्य लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउने आफ्नो जागरुक कार्यक्रम भएको जनाएको छ । कम्पनीले यो अभियान महिला हिंसा उन्मूलनका लागि आफ्नो समर्थन प्रस्तुत गर्दै सुरु गरेको हो । आजदेखि डिसेम्बर १० गतेसम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिनका लागि यो अभियान सञ्चालन गर्ने कम्पनीले जनाएको छ । 

उक्त अभियानमा वर्ल्डलिङ्कको नारा 'ओरेन्ज द वर्ल्डलिङ्क' राखिएको छ । त्यसैगरी महिला तथा बालिका विरुद्ध हुने हिंसा अन्त्य गर्न उक्त अभियानमा जोडिन वर्ल्डलिङ्कले अनुरोध पनि गरेको छ । 

पछिल्लो अध्यावधिक: मंसिर ९, २०७९ १२:३७