close

भीपीएन कनेक्टका लागि सुरक्षित ५ लोकेसन

टेकपाना टेकपाना

मंसिर ९, २०७९ १५:२

भीपीएन कनेक्टका लागि सुरक्षित ५ लोकेसन

काठमाडौं । भीपीएन अर्थात् भर्चुअल प्राइभेट नेटवर्क छनोट गर्नु एउटा चुनौतीको विषय हो । किनभने देश अनुसार सबैको आ-आफ्नै डेटा संरक्षण कानून तय भएको हुन्छ । यस्तोमा कुन देशको सर्भरमा कनेक्ट हुँदा आफ्नो डेटा सुरक्षित रहन्छ भन्ने विषय यकिन गर्न निकै कठिन हुन्छ ।

अर्कोतर्फ कुन देशको सर्भर हो, त्यसमा इन्टरनेटको गति, ब्राउजिङ अनुभवका साथै सुरक्षा लेयर कस्तो छ भन्ने विषय पनि रहन्छ । यस्तोमा यहाँ हामीले विभिन्न पक्षलाई केलाउँदै कुन देशको भीपीएन प्रयोगका लागि सुरक्षित छ भनी जानकारी दिँदैछौं । त्योभन्दा अघि सुरक्षित भीपीएनको आवश्यकता किन त भन्ने पनि हुनसक्छ ।

सुरक्षित सर्भर पहिचान गर्न सकेको खण्डमा यसले तपाईंको डेटा संरक्षण गर्छ । यस्ता भीपीएनले इन्टरनेटमा हुने तपाईंका कुनै पनि क्रियाकलापलाई निगरानी गर्दैनन् । त्यतिमात्रै नभएर कुनै पनि संघसंस्थालाई यस्ता डेटा उपलब्धसमेत गराउँदैनन् ।

त्यो हुँदा सुरक्षित भीपीएन प्रयोग एउटा महत्वपूर्ण पक्ष हो । त्यसैका आधारमा यहाँ हामीले उत्कृष्ट पाँच सर्भर छनोट गरेको छौं ।

१. स्विजरल्याण्ड

प्रयोगकर्ताको डेटा सुरक्षाका हिसाबले स्विजरल्याण्ड सँधै अघि रहेको छ । त्यहाँ रहेको गोपनीयतासँग सम्बन्धित ऐन तथा कानूनहरू समेत अन्य देशको तुलनामा निकै उत्कृष्ट रहेको छ । स्विजरल्याण्डको कानूनले कुनै पनि प्रयोगकर्ताको डेटा संकलन गर्नुअघि प्रयोगकर्तासँग अनुमति लिनुपर्ने प्रावधान राखेको छ ।

त्यस्तै प्रयोगकर्ताको जानकारी बिना, कुनै डेटा संकलन गर्नुलाई गैरकानूनी मानेको छ ।

अर्कोतर्फ स्विजरल्याण्ड युरेपेली संघको सदस्य राष्ट्रको हाेइन । त्यो हुँदा युरोपेली संघको तथ्याङ्क व्यवस्थापन निर्देशिका पालन गर्नुपर्ने बाध्यतासमेत रहँदैन । साथै यो देश फाइभ–, नाइन– तथा १४–आइज एलाइन्समा पनि आवद्ध छैन । त्यो हुँदा स्विजरल्याण्डले प्रयोगकर्ताको कुनै पनि डेटा जासुसी गर्ने संस्थालाई उपलब्ध गराउँदैन ।

डेटा सुरक्षाका साथै स्विजरल्याण्डको इन्टरनेटमा आफ्नै परिष्कृत पूर्वाधार रहेको छ । त्यो हुँदा इन्टरनेटको गति समेत उत्कृष्ट हुन्छ । साथै यहाँ टोरेन्टिङका लागि पनि सुरक्षित कानूनी व्यवस्था गरिएको छ । 

२. पानामा

प्रयोगकर्ताको डेटा सुरक्षाका लागि पानामाले बलियो कानूनी व्यवस्था तय गरेको छ । कुनै पनि प्रयोगकर्ताको जानकारी बिना डेटा संकलनका लागि डेटा प्रोटेक्सन ऐनले बन्देज लगाएको छ । यसका साथै पानामामा डेटा व्यवस्थापनका लागि कुनै कानून छैन् । यसको अर्थ डेटा व्यवस्थापन गरेर राख्नुपर्छ भनेर कुनै पनि कानूनले तोकेको छैन ।

त्यो हुँदा भीपीएन सेवा प्रदायकले डेटा संकलन गरी राख्नुपर्ने बाध्यता रहँदैन । तर, यो देशको कानूनले कपी राइटलाई भने गैरकानूनी मानेको छ । त्यो हुँदा टोरेन्टिङका लागि भने पानामाको भीपीएन त्यति प्रभावकारी हुँदैन ।

३. ब्रिटिश भर्जिन आइसल्याण्ड

गोपनीयता ख्याल राख्ने प्रयोगकर्ताका लागि ब्रिटिश भर्जिन आइसल्याण्डको भीपीएनमा कनेक्ट हुनु अर्को राम्रो विकल्प हुनसक्छ । हुन त यो लाेकेसन ब्रिटिश साम्राज्यभित्र पर्छ । तर, पनि यसको आफ्नै छुट्टै कानूनी व्यवस्था छन् ।

ब्रिटिश भर्जिन आइसल्याण्डले सन् २०२१ मा मात्रै डेटा प्रोटेक्सनका लागि छुट्टै ऐन जारी गरेको छ । जसले कुनै पनि कम्पनीले डेटा प्रोसेसिङ गर्नुअघि प्रयोगकर्तासँग अनुमित लिनुपर्ने व्यवस्था गरेको छ । सँगै ब्रिटिश भर्जिन आइसल्याण्डको तथ्याङ्क व्यवस्थापनसँग सम्बन्धित कुनै कानूनी व्यवस्था छैन । त्यो हुँदा भीपीएन सेवा प्रदायकले प्रयोगकर्ताको डेटा संकलन गर्नुपर्ने आवश्यकता हुँदैन ।

४. आइसल्याण्ड

युरोपेली देश आइसल्याण्डका प्रयोगकर्ताले इन्टरनेट सञ्जालको मज्जा लिनुका साथै डेटा सुरक्षाका लागि बलियो कानूनी व्यवस्थाको अनुभव गरिरहेका छन् । तर सँगै केही प्रतिबन्धसमेत खेप्नुपर्छ । सेन्सरशिपलाई आइसल्याण्डको कानूनले प्रतिबन्ध लगाएको छ । भने, सबै प्रयोगकर्ताले सुरक्षित इन्टरनेट प्रयोग गर्न पाउनुपर्ने कानूनी व्यवस्था रहेको छ ।

यहाँ प्रयोगकर्ताको डेटा सुरक्षाका लागि छुट्टै नियामक निकाय नै खडा गरिएको छ । भने, यसका लागि सन् २०१९ मै ऐनसमेत बनाइएको छ । जसमा जनरल डेटा प्रोटेक्सन रेगुलेसन एउटा महत्वपूर्ण व्यवस्था हो । हुन त डेटा प्राइभेसिका लागि आइसल्याण्डको कडा कानूनी व्यवस्था रहेको छ ।

आइसल्याण्डले सेवा प्रदायकलाई ६ महिनाको डेटा व्यवस्थापन गर्न निर्देशन दिएको छ । तर, यो भन्दैमा चिन्ता लिनुपर्ने भने छैन । स्विजरल्याण्डले यो व्यवस्था सामुदायिक सुरक्षाका लागि मात्रै गरेको जनाएको छ ।

५. रोमानिया

प्रयोगकर्ताले भीपीएनमार्फत कनेक्ट हुनका लागि रोमानिया अर्को राम्रो विकल्प हो । हुन त यो देश युरोपेली संघअन्तर्गत पर्छ । तर, गोपनीयताका कारण रोमानियाको संवैधानिक अदालतले सन् २००६ मै युरोपेली संघको तथ्याङ्क व्यवस्थापना निर्देशिका पालना नगर्ने निर्णय गरिसकेको छ ।

युरोपेली संघ सन् २०१२ मा जारी गरेको नयाँ कानूनी व्यवस्थापनलाई समेत सन् २०१४ बाटै पालना नगर्न निर्णय रोमानियाले गरिसकेको छ । रोमानियाले प्रयोगकर्ताको गोपनीयताको हक र डेटा प्रोटेक्सनलाई सँधै प्राथामिकतामा राख्दै आएको छ । यसका लागि सरकारले आफ्नै कानून व्यवस्था गरेको छ ।

यसका साथै रोमानियाले टोरेन्टिङ र पी टु पीलाई समेत केही हदसम्म सुरक्षा प्रदान गर्दै आएको छ । तर, सँगै कपी राइटाइटलाई भने जघन्य अपराधको रूपमा लिएको छ ।  

पछिल्लो अध्यावधिक: मंसिर ९, २०७९ १७:८