close

सेन्साईको विश्वकप च्याम्पियन अफर, टेलिभिजन खरिदमा ३० हजारसम्म छुट

टेकपाना टेकपाना

मंसिर ९, २०७९ १६:११

सेन्साईको विश्वकप च्याम्पियन अफर, टेलिभिजन खरिदमा ३० हजारसम्म छुट

काठमाडौँ ।  जापानी ब्रान्ड सेन्साईले विश्वकप फुटबलकाे अवसरमा नेपाली उपभाेक्ताका लागि 'विश्वकप च्याम्पियन' नामक नयाँ अफर घाेषणा गरेको छ । यसअन्तर्गत ग्राहकले सेन्साई टेलिभिजन खरिद गर्दा ३० हजार १०० रुपैयाँसम्मको नगद छुट पाउनेछन् ।

सेन्साई ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी ईओएलले याे अफर सञ्चालनमा ल्याएकाे हाे । कम्पनीका अनुसार एक भाग्यशाली ग्राहकले बम्पर उपहारअन्तर्गत ६५ इन्चको फोरके वेबओएस टेलिभिजन पनि जित्न सक्नेछन् ।

ग्राहकले आफूलाई बम्पर उपहारमा सहभागी गराउन सेन्साई (Sensei) टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखी ३१००३ मा एसएमएस गर्नुपर्नेछ ।

यो अफर मंसिर १ गतेदेखि सीमित अवधिका लागि देशभर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रविभवन, कीर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

कम्पनीले सीजी डिजिटल शोरुमबाट फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो, एक्सचेन्ज अफर र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ९, २०७९ १६:१९