close

भारतीय स्टार्टअप कम्पनीले सार्वजनिक गर्‍यो ५०० कि.मि. सम्म गुड्ने विद्युतीय कार

टेकपाना टेकपाना

मंसिर १०, २०७९ ११:१४

भारतीय स्टार्टअप कम्पनीले सार्वजनिक गर्‍यो ५०० कि.मि. सम्म गुड्ने विद्युतीय कार

काठमाडौं । भारतको एक स्टार्टअप कम्पनीले ५०० किलोमिटरसम्म गुड्ने क्षमता भएको विद्युतीय कार सार्वजनिक गरेको छ । 'प्राभेग डिफाई' नाम दिइएको यो कारलाई भारतीय विद्युतीय सवारीको बजारमा स्टार्टअपको प्रवेशको संकेतको रुपमा लिइएको छ । 

एक पटक फूल चार्जमा ५०० किलोमिटरसम्मको रेन्ज दिने यो कार ३० मिनेटमा शून्य प्रतिशत देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । साथै, यसको ब्याट्री दुई लाख ५० हजार किलोमिटरसम्म टिक्न सक्ने कम्पनीको दाबी छ । झट्ट हेर्दा यो गाडीको डिजाइन रेन्ज रोभरको जस्तो देखिन्छ । 

छ सिटको यो कारमा १.६ इन्चको टचस्क्रिन डिस्प्ले, फाइभजी कनेक्टिभीटी, वायरलेस चार्जर लगायतका सुविधाहरू छन् । यसमा दुईओटा विद्युतीय मोटर जडान गरिएको छ जसले ६२० एनएम र ४०७ हर्सपावर उत्पन्न गर्दछ । यसमा १५० किलोवाटको डीसी चार्जर उपलब्ध गराइएको छ । 

भारतिय बजारमा गाडीको मूल्य साढे ३९ लाख भारतीय रुपैँया तोकिएको छ । 

पछिल्लो अध्यावधिक: मंसिर १०, २०७९ ११:१४