close

एप्पलले दाबी गरे जस्तो गोप्य छैन आईफोन प्रयोगकर्ताको डेटा

टेकपाना टेकपाना

मंसिर १०, २०७९ १५:१३

एप्पलले दाबी गरे जस्तो गोप्य छैन आईफोन प्रयोगकर्ताको डेटा

काठमाडौं । प्रयोगकर्ताको डेटा सुरक्षामा कम्पनी सधैं संवेदनशील रहेको एप्पलले दाबी गर्दै आएको छ । यद्यपि एक अनुसन्धानले भने कम्पनीले दाबी गरेजस्तो आईफोन प्रयोगकर्ताको डेटा गोप्य नभएको निष्कर्ष निकालेकाे छ ।

अनुसन्धानकर्मीका अनुसार कम्पनीले डाइरेक्टरी सर्भिस आइडेन्टिफायर प्रयोगकर्ताको एप्पल आईडी र आईक्लाउडमा लिङ्क गरेको हुन्छ । एप्पलले सम्भावित रूपमा यो डीएसआईडी प्रयोग गरी प्रयोगकर्ताको विवरणहरू प्रयोग गर्न सक्छ ।

हुन त एप्पलले यो प्रणालीले प्रयोगकर्ताको कुनै पनि व्यक्तिगत विवरण पहिचान गर्दैन भनेर दाबी गरेको छ । तर यसले आफ्नो हरेक अपडेटमार्फत यो प्रणाली लागू गरिरहेको छ ।

यसले तपाईंको आईफोन, किबोर्डमा प्रयोग भएका भाषाहरू र अन्य विवरणहरू समावेश गर्दछ, जसको माध्यमबाट तपाईंको उपकरणसमेत प्रयोग गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: मंसिर १०, २०७९ १५:१३