close

अनलाइन शपिङका लागि के उपयुक्त छ क्रेडिट कार्ड ?

टेकपाना टेकपाना

मंसिर १०, २०७९ १९:५४

अनलाइन शपिङका लागि के उपयुक्त छ क्रेडिट कार्ड ?

काठमाडौं । यदि तपाईं अनलाइनबाट केही खरिद गर्दै हुनुहुन्छ अथवा कुनै कामका लागि अनलाइन भुक्तानी गर्दै हुनुहुन्छ भने ठगी लगायतका घटनाबाट तपाईं चिन्तित हुन सक्नुहुन्छ । अनलाइन भुक्तानी गर्दा धेरै समस्याबाट बच्न एउटा सरल तरिका छ र त्यो हो, क्रेडिट कार्ड । सामान्यतया अनलाइन शपिङ गर्दा क्रेडिट कार्ड प्रयोग गर्नु उपयुक्त छ । 

क्रेडिट कार्ड सुरक्षित हुन्छ

धेरै जसो क्रेडिट कार्डले अनलाइन शपिङको लागि धेरै सुरक्षाका फिचर उपलब्ध गराइरहेको हुन्छन् । धेरैजसो अनलाइन स्टोरहरूले पनि क्रेडिट कार्डमा हुने भुक्तानी स्वीकार गर्छन् । यसैले क्रेडिट कार्ड प्रयोग गरेर तपाईं पनि अनलाइन शपिङ गर्दा हुनसक्ने ठगी जस्ता जोखिमहरूबाट बच्न सक्नुहुन्छ । 

क्रेडिट कार्ड आफैंमा अपूरो सेवा हो । यसले गर्दा भुक्तानीमा केही समस्या आइहाल्यो भने तपाईंले आफ्नो सम्बन्धित बैंकसँग कुरा गरेर समस्या सल्टाउन सक्नुहुन्छ । जब तपाईं क्रेडिट कार्डमार्फत केही सामान अथवा कुनै अनलाइन सब्सक्रिप्सन खरिद गर्नुहुन्छ, तपाईं वास्तवमा बैंकको पैसा प्रयोग गर्दै हुनुहुन्छ, जसलाई पछि तपाईंले भुक्तानी त गर्नैपर्छ ।

तर तपाईंले भुक्तानी गर्ने समयभन्दा अगाडिसम्म त्यो रकम तपाईंको रकम हुँदैन । यसले गर्दा यदि कसैले तपाईंको पनि चोरी गरेर क्रेडिट कार्ड प्रयोग गर्‍यो भने तपाईंले आफ्नो प्रमाणसहित आफ्नो बैंकलाई रिपोर्ट गर्न सक्नुहुन्छ ।

तपाईंले त्यो बिल भुक्तान नगरेको कुरा सुनिश्चित गर्न आफ्नो क्रेडिट कार्ड विवरणहरू चोरी भएको देखाउन आवश्यक छ । यसले तपाईंको रकम चोरी रोक्न सक्छ । तर डेबिट कार्डको हकमा भने तपाईं आफैले जम्मा गर्ने रकम नै प्रयोग हुने भएको हुँदा यसले तपाईंलाई थप समस्यामा पार्न सक्छ । 

अनावश्यक भुक्तानी हुँदैन 

अनलाइन भुक्तानी गर्दा आउने विभिन्न समस्यामध्ये एउटा समस्या हो, भुक्तानी भएको लामो समयसम्म सामान नपाउनु अथवा आफ्नो काम नहुनु । यस्तोमा तपाईंले आफ्नो डेबिट कार्ड प्रयोग गर्दा तपाईंको रकम काटिसकेको हुन्छ जसको लागि तपाईंले केही गर्न सक्नुहुन्न ।

तर क्रेडिट कार्डको हकमा भने तपाईंले सामान नपाएको हकमा भुक्तानी गरेको रकम सम्बन्धित बैंकलाई भनेर रकम रोक्का गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १०, २०७९ १९:५४