close

यही हप्ता सार्वजनिक हुँदै साओमी १३ सिरिजका स्मार्टफोन

टेकपाना टेकपाना

मंसिर १२, २०७९ १५:५७

यही हप्ता सार्वजनिक हुँदै साओमी १३ सिरिजका स्मार्टफोन

काठमाडौं । साओमीले आफ्नो फ्ल्यागसिप फोन सार्वजनिक गर्ने मिति तय गरेको छ । कम्पनीले साओमी १३ सिरिजका स्मार्टफोनहरू: साओमी १३ र साओमी १३ प्रो सहित मियुआई यही बिहिबार अर्थात् डिसेम्बर १ मा सार्वजनिक भएको छ । कम्पनीले यो पटक १३ सिरिजमा एक्स सिरिज भने हटाउने अनुमान गरिएको छ।  

गत वर्ष साओमी १२ र साओमी १२ प्रो सँगै १२ एक्स पनि सार्वजनिक भएको थियो, जुन पहिलै दुई मोडलको तुलनामा केही सस्तो थियो । यद्यपि यो पटक भने एक्स सिरिजको मोडल नहुने बताइएको छ । कम्पनीका अनुसार साओमी १३ सिरिजका दुवै स्मार्टफोनमा स्न्यापड्रागन ८ जेन २ प्रोसेसर प्रयोग भएको छ ।

फोनमा ६.७३ इन्चको डिस्प्ले उपलब्ध हुने बताइएको छ भने यो फोन ८ र १२ जीबीको र्‍याम सहित आउनेछ । यसैगरी दुवै फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा हुने पनि बताइएको छ ।    

पछिल्लो अध्यावधिक: मंसिर १२, २०७९ १६:५७