close

५,००० एमएएच ब्याट्री सहित भिभोको सस्तो फोन सार्वजनिक

टेकपाना टेकपाना

मंसिर १३, २०७९ ८:४३

५,००० एमएएच ब्याट्री सहित भिभोको सस्तो फोन सार्वजनिक

काठमाडौं । भिभोले आफ्नो सस्तो स्मार्टफोन 'भिभो वाई जिरो टु' (Y02) सार्वजनिक गरेको छ । गत वर्ष सार्वजनिक भएको भिभो वाई जिरो वनले बजारमा राम्रो स्थान पाएपछि कम्पनीले भिभो वाई जिरो टु सार्वजनिक गरेको छो । यो फोनमा ६.५१ इन्चको एचडी प्लस डिस्प्ले छ भने फोनको पछाडि गोलाकार भित्र ८ मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ । 

फोनमा सन् २०१८ मा सार्वजनिक भएको हेलियो पी २२ चिप प्रयोग गरिएको छ । यो फोन ३२ जीबी स्टोरेज सहित २ जीबी र ३ जीबी र्‍यामको भेरियन्टमा उपलब्ध छ । फोनमा १० वाटको फास्ट चार्जिङ सहितको ५,००० एमएएचको ब्याट्री दिइएको छ । एन्ड्रोइड १२ मा आधारित यो फोन फाइभजी फोन भने होइन । कम्पनीले फोनको मूल्य ९५ डलर अर्थात करिब १३,००० रुपैयाँ तोकेको छ । 

कम्पनीले फोनलाई छिट्टै नै एशियन बजारमा पठाउने बताएको छ । नेपालमा भने यसको मूल्य १५,००० रुपैयाँ सम्म पर्ने अनुमान छ । 

पछिल्लो अध्यावधिक: मंसिर १३, २०७९ ८:४३