close

प्रारम्भिक अवस्थामै स्तनक्यान्सर पहिचान गर्ने एआई प्रविधि विकास गर्दै गुगल

टेकपाना टेकपाना

मंसिर १४, २०७९ १४:३०

प्रारम्भिक अवस्थामै स्तनक्यान्सर पहिचान गर्ने एआई प्रविधि विकास गर्दै गुगल

काठमाडौं । विश्वमा हरेक वर्ष २० लाखभन्दा बढी मानिसहरू स्तन क्यानसरबाट प्रभावित हुँदै आएका छन् । अन्य क्यान्सरको तुलनामा यसलाई सामान्य क्यान्सरको रूपमा लिइन्छ । यद्यपि कालान्तरमा यसले पनि ठूलो असर पार्न सक्ने विज्ञहरूको भनाई छ । विज्ञहरू स्तन क्यान्सरका लक्षणहरू समयमा नै पहिचान गर्न सकेमा यसलाई थप फैलनबाट रोक्न सक्ने बताउँछन् । 

यही कुरालाई मध्यनजर गर्दै गुगलले लामो समयदेखि स्तन क्यान्सरको विषयमा विरामीलाई पूर्व जानकारी दिन सकिने एआई प्रविधि निर्माण गर्ने काममा लागिरहेको छ । 

यो प्रविधिले स्तन क्यान्सर पत्ता लगाउने र यसको जोखिम व्यवस्थापन गर्ने काममा सहयोग गर्ने गुगलको विश्वास छ । यही सिलसिलामा हालै गुगलले आईक्याड (iCAD) सँग सहकार्यको लागि सम्झौता गरेको छ । आईक्याडले पहिले नै प्रयोग गरिरहेको विभिन्न टुलहरू प्रयोग गरेर स्तन क्यान्सर पत्ता लगाई यसको जोखिमको अध्ययन गर्न सक्ने प्रविधिको विकास गर्ने बताइएको छ । 

आईक्याड इनोभेटिभ रूपमा क्यान्सरको पहिचन र त्यसका लागि आवश्यक थेरापी उपलब्ध गराउँदै आएको अन्तराष्ट्रिय संस्था हो ।

गुगलले आईक्याडसँगको सहकार्यमा यो परियोजना अघि बढाएको हो । यसका लागि गुगलले एआई प्रविधि निर्माण गरिरहेको छ । जसले स्तनमा हुने क्यान्सरको सही र पूर्व पहिचान गर्न मद्दत गर्ने जनाइएको छ । साथै यो प्रविधिलाई प्रयोगकर्ताहरूले सहज रुपमा प्रयोग गर्न सक्ने गरी उपलब्ध गराउने पनि कम्पनीको योजना रहेको छ ।  

पछिल्लो अध्यावधिक: मंसिर १४, २०७९ १४:३०