close

भारतको डिजिटल करेन्सी आजदेखि सर्वसाधारणले प्रयोग गर्न पाउने

टेकपाना टेकपाना

मंसिर १५, २०७९ ८:३१

भारतको डिजिटल करेन्सी आजदेखि सर्वसाधारणले प्रयोग गर्न पाउने

काठमाडौं । भारतमा आजदेखि रिटेल डिजिटल करेन्सी प्रयाेगमा आउने भएको छ । एक महिनाअघि भारतीय रिजर्भ बैंकले परीक्षण परियोजनाका रुपमा ल्याएको डिजिटल मुद्रा 'ई-रुपी' आजदेखि पाइलट प्राेजेक्टका रूपमा सर्वसाधारणका लागि उपलब्ध गराउन लागिएकाे हाे । 

अब सर्वसाधारणले डिजिटल वालेट तथा क्यूआर कोडमार्फतबाट कुनै व्यक्ति वा सेवा प्रदायकहरूलाई डिजिटल मुद्राबाट भुक्तानी गर्न सक्नेछन् । परियाेजना अन्तर्गत पहिलाे चरणमा मुम्बई, दिल्ली बैंगलोर र भुवनेश्वरमा डिजिटल करेन्सी सुरू हुनेछ । ​यसअन्तर्गत स्टेट बैंक अफ इण्डिया, आइसीआइसीआई बैंक, यस बैंक, आइडीएफसी फ्रस्ट बैंकलाई छानिएको छ ।

त्यस्तै दोस्रो चरणमा बैंक अफ बरोडा, युनियन बैंक अफ इण्डिया, एचडीएफसी बैंक र कोटाक महेन्द्रा बैंक याे डिजिटल करेन्सी परियाेजनामा जोडिनेछन् ।

केन्द्रीय बैंकका अनुसार भारतमा दुई प्रकारको ई-रुपी प्रयोगमा आउनेछ । पहिलो 'होलसेल ई-रुपी' जुन अन्तरबैंकिङ कारोबारको लागि भारतले होलसेल ई-रुपीको प्रोजेक्ट सुरु गरेकाे छ । आफ्नो सम्बन्धित बैंक अथवा सेवा प्रदायकको वालेट प्रयोग गरेर प्रयोगकर्ताले रिटेल ई-रुपी प्रयोग गर्न सक्नेछन् ।

रिटेल ई-रुपी आममानिस लगायत सबै प्रकारका निजी क्षेत्र, व्यवसाय तथा उपभोक्ताले प्रयोग गर्न सक्नेछन् । त्यस्तै होलसेल ई-रुपी भने अन्तरबैंक कारोबारको लागि प्रयोग हुनेछ । भौतिक मुद्राजस्तै ई-रुपी पनि केन्द्रीय बैंकले जारी गर्नेछ र अन्य वाणिज्य बैंकले वितरण गर्नेछन् ।

सन् २०२३ सम्ममा पूर्ण रुपमा डिजिटल मुद्रा लागू गर्ने भारत सरकारको योजना छ ।

पछिल्लो अध्यावधिक: मंसिर १५, २०७९ ९:३४