close

ग्लोबल आईएमई बैंकको मोबाइल एप चलाउन निःशुल्क डेटा

टेकपाना टेकपाना

मंसिर १५, २०७९ १३:३५

ग्लोबल आईएमई बैंकको मोबाइल एप चलाउन निःशुल्क डेटा

काठमाडौं । ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस निःशुल्क चलाउन सकिने भएको छ ।

यसका लागि बैंकले नेपाल टेलिकमसँग सहकार्य गरेको छ । वाई-फाई पहुँच नभएका ग्राहकले सजिलै मोबाइल बैंकिङ सुविधा लिन सकुन् भनेर यो सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

बैंकले केही समयअघि मात्र आफ्नो नयाँ मोबाइल बैंकिङ एप ल्याएको  थियो । यसबाट प्रयोगकर्तालाई मोबाइल बैंकिङ प्रयोग गर्न सहज हुने बैंकको अपेक्षा रहेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १५, २०७९ १३:३५