close

रोबोटले पायो मान्छेलाई गोली हान्ने अधिकार !

टेकपाना टेकपाना

मंसिर १५, २०७९ १३:३५

रोबोटले पायो मान्छेलाई गोली हान्ने अधिकार !

काठमाडौं । अमेरिकाको सान फ्रान्सिस्कोस्थित प्रहरीले युद्धको क्रममा रोबोट प्रयोग गर्ने अधिकार पाएको छ । योसँगै रोबोटले मान्छेलाई गोली हान्नसक्ने भएको छ ।

युद्ध तथा झडपको क्रममा सुरक्षाकर्मीको ज्यान जोखिममा पर्ने हुँदा त्यसको विकल्पमा सीटी बोर्डले रोबोटलाई गोली हान्ने अधिकार प्रदान गर्ने निर्णय लिएको हो ।

यसका लागि नयाँ कानूनी व्यवस्था समेत गरिएको छ । कानून पारितका लागि बोर्डमा भएको मतदानमा ८ जनाले सहमति जनाएका छन् भने तीन जनाले मात्रै असहमति जनाएको उल्लेख गरिएको छ ।

साथै रोबोटले प्रयोग गर्न पाउने गन तथा गाडीसमेत तय गरिएको छ । जसमा बियरक्याट आर्म भेइकल, फ्ल्यास–ब्याङ ग्रयानेडस्का साथै १५ थप सबमेसिन गन प्रयोग गर्न सकिने छ ।

हाल सान फ्रान्सिस्को प्रहरी कार्यलयसँग रहेका १७ ओटा रोबोट रहेका छन् । त्यसमध्ये १२ ओटा पूर्ण प्रयोगमा छन् ।

यी रोबोटले हाल बम पहिचान र त्यसलाई निष्कृय बनाउने काम मात्रै गर्दै आएका छन् । तर, अब भने यी रोबोटका साथै अन्य रोबोटलाई समेत बन्दुक प्रयोग गर्ने अधिकार दिएको छ । 

पछिल्लो अध्यावधिक: मंसिर १५, २०७९ १३:३५