close

सहकारीका सदस्यले अब स्मार्ट क्युआरबाट भुक्तानी गर्नसक्ने

टेकपाना टेकपाना

मंसिर १६, २०७९ ७:३४

सहकारीका सदस्यले अब स्मार्ट क्युआरबाट भुक्तानी गर्नसक्ने

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजीज लिमिटेड (एससीटी) को स्मार्ट क्युआर सेवामा एमडबली पनि आबद्ध भएको छ । यो सँगै अब सहकारीका सदस्यहरूले पनि एमडबली मार्फत आफ्नो सहकारीको खाताबाट रकम भुक्तानी गर्नसक्ने भएका छन् । ईन्फोडेभलपर्सले सहकारीहरू लाई लक्षित गरि मोबाइल बैकिंङको जस्तै सेवा उपलब्ध गराउनको लागि एमडबलीको सुरुवात गरिएको थियो । 

हाल १७० भन्दा धेरै सहकारीमा सञ्चालनमा ल्याइएको एम डबली मा एससीटीको स्मार्ट क्युआर सेवा सुरु गरिएको हो । हाल आर्जन बचत तथा ऋण सहकारीका एमडबली प्रयोगकर्ताले यो सुविधा लिन सक्नेछन भने छिट्टै नै अरु सदस्य सहकारीहरु मा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फोडेभलपर्सले जनाएको छ । 

भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगायतका एक लाख साठी हजार भन्दा धेरै मर्चेन्टहरु आबद्ध स्मार्ट क्युआर नेटवर्कमा हाल सम्म बैंक तथा वालेटहरु मात्र आबद्ध भएको परिदृश्यमा एमडबली मार्फत सहकारीका सदस्यहरूले पनि यो सुविधा मार्फत लाभ लिन सक्नेछन् । 

साथै यो सेवा सुरु गर्नको लागि सहकारीहरुलाई स्मार्टच्वाईस टेक्नोलोजिज वा इन्फोडेभलपर्समा सम्पर्क गर्न पनि एससीटीले अनुरोध गरेको छ । 

पछिल्लो अध्यावधिक: मंसिर १६, २०७९ ९:१७