close

पब्जी विश्वकपमा फाइनल प्रवेशका लागि भिड्दै नेपाली टिम डीआरएस गेमिङ

टेकपाना टेकपाना

मंसिर १६, २०७९ १२:३०

पब्जी विश्वकपमा फाइनल प्रवेशका लागि भिड्दै नेपाली टिम डीआरएस गेमिङ

काठमाडौं । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२२ को फाइनल प्रवेश गर्नका लागि नेपाली टिम ‘डीआरएस गेमिङ’ लाई आज अन्तिम अवसर रहेको छ । 

अन्तिम अवसरको रुपमा आज ‘डीआरएस गेमिङ’ले अन्य १५ टिमसँग भिड्दै छ । सर्भाइबल स्टेजको खेल अन्तर्गत आज ‘रेड ग्रुप’  र ‘यलो ग्रुप’ मा चौथौंदेखि ११औँ  स्थानभित्र रहेका टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

बुधबार भएको ‘रेड ग्रुप’ र ‘ग्रीन ग्रुप’को सर्भाइबल स्टेजको खेलमा ‘डीआरएस गेमिङ’ ले खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन । जसका कारण सर्भाइबल स्टेजको अङ्क तालिकामा ‘डीआरएस गेमिङ’ १७औँ स्थानमा सीमित भएको थियो ।

डीआरएस गेमिङले सर्भाइबल स्टेजको अन्तिम दिन आज ६ खेल खेल्नेछ । डीआरएसले यसभन्दा अघिल्ला ६ खेलबाट ११ एलिमिनेसन पोइन्टसहित कुल ३५ पोइन्ट ल्याएको छ ।

त्यस्तै सर्भाइबल स्टेज खेलेको अर्को नेपाली टिम स्काइलाइट गेमिङको १२ खेलबाट १४ एलिमिनेसन पोइन्टसहित ६० पोइन्ट रहेको छ । 

यो टिम अङ्क तालिकाको आठौँ स्थानमा रहेको छ । ‘स्काइलाइट गेमिङ’ लास्ट चान्समा पुग्ने/नपुग्ने भन्ने कुराको टुङ्गो आजका अन्य टिमका खेलहरुले लगाउनेछन् ।

सर्भाइबल स्टेजका आजका खेल दिउँसो ४ः३० बाट सुरु हुँदैछ । यो खेलको प्रत्यक्ष प्रसारण पब्जी मोबाइल साउथ एसिया ई-स्पोर्ट्सको युट्युब च्यानल तथा फेसबुक पेजबाट हेर्नसकिने छ ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०७९ १२:४६