close

पुरानो वा ब्लर फोटोलाई नयाँ बनाउने सजिलो तरिका

टेकपाना टेकपाना

मंसिर १६, २०७९ १५:१९

पुरानो वा ब्लर फोटोलाई नयाँ बनाउने सजिलो तरिका

काठमाडौं । हामीसँग कतिपय यस्ता महत्वपूर्ण फोटो हुन्छन्, जुन गुणस्तर घट्दै गएर खुइलिसकेको हुन्छन् । त्यस्ता पुराना वा भनौँ ब्लर भएका फोटोलाई चाहे जसरी प्रयोग गर्न सकेका हुँदैनौँ । धेरै पुरानो भएर मधुरो देखिएका वा तत्कालै खिच्दा पनि ब्लर (धमिलो) भएका फोटो छन् भने त्यसलाई विभिन्न तरिकाले चहकिलो बनाउन सकिन्छ ।

हामी यहाँ फोटोको गुणस्तर बढाउन सकिने दुई उपयुक्त साइटको बारेमा चर्चा गर्दैछौँ । यी वेबसाइटले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग गरी फोटोको गुणस्तर बढाउने गर्छन् ।

अभेड

अभेड फोटोग्राफीसँग सम्बन्धित वेबसाइट हो । यो माध्यमबाट फोटोको गुणस्तर बढाउन सकिनुका साथै भिडिओ कन्भर्ट गर्न वा स्क्रिन रेकर्ड गर्न सकिन्छ । अभेडबाट फोटोको गुणस्तर बढाउन तलको प्रक्रिया अपनाउनुहोस्:

-सबैभन्दा पहिले यहाँ क्लिक गरेर अभेडको ईमेल अपस्केल साइटमा जानुहोस् ।

-त्यसपछि तल आफूले बढाउन चाहेको फोटोको गुणस्तर (टुएक्स, फोरएक्स, सिक्स एक्स र एटएक्स) छान्नुहोस् ।

-अनि ‘चुज अ फोटो’ (Choose a photo) मा जानुहोस् ।

-यति गरेपछि आफूले गुणस्तर बढाउनुपर्ने फोटो छान्नुहोस ।

-र, अन्त्यमा ‘सेभ’ अप्सनमा क्लिक गरी उक्त फोटो डाउनलोड गर्नुहोस् ।

बेसटेन

बेसटेनले एआई टुलको प्रयोग गरी फोटोको गुणस्तर बढाउने सेवा दिन्छ । यसले एआईको माध्यमबाट फोटोमा भएका कमी सुधार्छ । र, फोटोलाई राम्रो क्यामेराले खिचेरको आभास दिन्छ ।

यस एपबाट फोटोको गुणस्तर बढाउने टिप्स जान्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०७९ १५:१९