close

एनआईसी एसिया बैंकको विश्वकप फुटबल अफर, ३०० जनालाई सिनेमा हलमा फाइनल खेल देखाउने

टेकपाना टेकपाना

मंसिर १६, २०७९ १८:४५

एनआईसी एसिया बैंकको विश्वकप फुटबल अफर, ३०० जनालाई सिनेमा हलमा फाइनल खेल देखाउने

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना मोबाइल बैंकिङ प्रयोगकतालाई लक्षित गर्दै ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ ।

यसअन्तर्गत बैंकको मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) प्रयोग गरी विश्वकपका खेलहरुको सही विजेता अनुमान गर्ने फुटबलप्रेमी ग्राहकमध्ये प्रत्येक खेलमा पाँच देखि १० जनालाई रू. ५०० देखि रू. २००० सम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ ।

साथै, उक्त योजना अन्तर्गत भाग्यशाली ३०० जनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्ने भएको छ ।

२० लाख पटक बढी डाउनलोड भएको एनआईसी एसिया मोबैंक एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिका सहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ । जसको आधारमा एप प्रयोगकर्ताले प्रत्येक खेल सुरु हुनुअघि विजेता अनुमान गर्न सक्नेछन् ।

काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३०० ओटा टिकटमध्ये १४० ग्राहकलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रति मर्चेन्ट दुईदेखि चार ओटाका दरले १६० टिकट वितरण गर्ने बैंकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०७९ १८:४५