close

सुरू भयो ईभी नेपाल एक्स्पो, के के छन् विशेष आकर्षण ?

टेकपाना टेकपाना

मंसिर १६, २०७९ १९:२९

सुरू भयो ईभी नेपाल एक्स्पो, के के छन् विशेष आकर्षण ?

काठमाडाैं । राजधानीमा आजदेखि ‘ईभी नेपाल एक्स्पो’ सुरु भएको छ । एसडी एक्स्पो मिडियाको आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरू भएकाे याे विद्युतीय सवारीकाे वृहत् प्रदर्शनी मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।

एक्स्पाेमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाँग्रे विभिन्न विद्युतीय सवारीसाधनका साथै यससम्बन्धी विभिन्न उत्पादन राखिएकाे छ ।

एक्स्पाेमा विशेषगरी विद्युतीय स्कुटरका स्टल बढी छन् । यसअन्तर्गत विभिन्न कम्पनी एवं वितरकले ९० किमिदेखि ३२० किमिसम्म रेन्ज दिने स्कुटर राखेका छन् ।

त्यस्तै एक्स्पाेमा विभिन्न ब्रान्डका विद्युतीय बाइक, ई-साइकलदेखि कारसम्म प्रदर्शनी गरिएकाे छ । साथै विद्युतीय इन्भर्टर, चार्जर तथा विभिन्न ब्राण्डका ब्याट्रीहरुका स्टलहरू पनि आकर्षणका रूपमा रहेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०७९ १९:२९